अभिमुखिकरण तथा परियोजना तर्जुमा कार्यक्रम सम्पन्न

सल्यान, ३१ भदौँ ।
सल्यानमा दिगो यौन तथा प्रजनन स्वास्थ अधिकार तथा जलवायु उत्थानशील सम्बन्धि अभिमुखिकरण तथा परियोजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । पास नेपाल र आईपासको आयोजनामा सोमबार जिल्लाको सदरमुकाम खलंगामा दिगो यौन तथा प्रजनन स्वास्थ अधिकार तथा जलवायु उत्थानशील सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

आस्मान नेपाल र पास नेपालको साझेदारीमा शारदा नगरपालिका भित्र पास नेपालले एक वर्षभरी गर्ने कामका विषयमा योजना तर्जुमा संगै सहभागीलाई सुरक्षित गर्भपतन, जलवायु परिवर्तनले प्रजनन स्वास्थ्यमा पार्ने असर लगाएतका विषयमा अभिमुखिकरण दिएको हो ।

स्वास्थ क्षेत्रमा रहेर शारदा नगरपालिकामा काम गर्दैआएको परियोजनाले दिगो यौन तथा प्रजनन स्वास्थ अधिकार सवलीकरण तथा जलवायु उत्थानशील सम्बन्धि काम विभिन्न काम गर्ने र पालिका भित्रका स्वास्थ कर्मी किशोर किशोरी तथा समाजिक अगुवाहरुलाई समय समयमा प्रशिक्षण दिदै आएको छ ।

अभिमुखिकरण तथा योजना तर्जुमा कार्यक्रममा शारदा नगरपालिकामा भित्रका जन प्रतिनिधि विभिन्न शाखामा कार्यरत कर्माचारीहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित