सल्यानमा नक्कली नोट पहिचान तथा सफा नोट नीति सम्बन्धि गोष्ठी सञ्चालन


सल्यान, ५ असोज ।
सल्यानमा नोटको सुरक्षण विशेषताहरु, नक्कली नोट पहिचान तथा सफा नोट नीति सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक नेपालगञ्जको आयोजनामा जिल्लाको सदरमुकाम खलंगामा नोट पहिचान तथा सफा नोट निति सम्बन्धि गोष्ठी सम्पन्न भएको हो । कार्यक्रम सहभागीलाई नेपाल राष्ट्र बैंक नेपालगञ्जका उप–निर्देशक रामकुमार कार्कीले नोटको पहिचान, सफा नोट सम्बन्धि निति लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण दिदै उपनिर्देशक कार्कीले नक्कली नोट नाङ्गो आखाले झट्ट हेर्दा सक्कली जस्तै देखिने भएकाले आर्थिक कारोबार गर्दा विशेष ध्यान पु¥याउनु पर्ने बताउनुभयो । नोटमा समावेश लोगो, नोट सुरक्षा कोड, नोटको डिजाईन तथा नोटमा रहेका फिचरबाट नक्कली र सक्कली नोटको पहिचान गर्न सकिने उहाँले बताउनुभयो । बाणिज्य बैंकहरुले नक्कली नोट पहिचानका लागि कर्मचारीहरुलाई तालिमको व्यवस्थापन गर्न अति आवश्यक रहेको बताउँदै उहाँले नोटहरुको प्रयोग गर्दा विशेष स्टिचको प्रयोग नोटमा लेख्ने, केरमेट गर्ने जस्ता कार्य नगर्न आग्रह समेत गर्नुभएको थियो ।

नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरि रङ लागेको लेखिएको मेटिएको च्यातिएको अवस्थामा त्यस्ता नोट चलनचल्तिमा नआउने भएकाले नोटको सुरक्षामा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीले कार्यक्रम निकै महत्वपुर्ण र सान्दर्भिक भएको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस