सल्यान, ९ असोज ।
सल्यानमा रेडियो कार्यक्रम उत्पादन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । अर्माकको सहयोग तथा सल्यान जिल्लाकै पहिलो सामुदायिक रेडियो राप्ती एफ.एम.को आयोजनामा सोमबार र मंगलवार जिल्लाका सामुदायिक रेडियोमा कार्यरत तथा रेडियोप्रेमीका लागि क्षमता अभिबृद्धि तालिम खलंगामा सम्पन्न भएको हो । तालिमको समापन गर्दै रेडियोको सञ्चालक संस्था शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमले यस तालिम गुणस्तरीय र स्रोतामैत्री कार्यक्रम उत्पादनमा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
शारदा मिडिया संगमका उपाध्यक्ष रमेश कुमार वलीले तालिममा सिकेको ज्ञान, सिपलाई व्यवहारमा लागुगर्न सुझाव दिनुभयो । सहभागि बामदेव केसी र खिमा बोहराले रेडियो कार्यक्रम उत्पादन सम्बन्धि तालिम आफुहरुको लागि महत्वपुर्ण भएको बताउनुभयो । तालिम समापन कार्यक्रमको सहजीकरण रेडियोको प्रशासन प्रमुख शिव डाँगीले गर्नुभएको थियो । रेडियोमा कार्यरत र रेडियोप्रेमी गरेर १३ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षक बुद्धि पुनले जानकारी दिनुभयो ।