ग्रामिणको सम्पत्ति तीस करोड

सल्यान, २० असोज ।

सल्यानको शारदा नगरपालिका– २ खलंगामा रहेको ग्रामिण वचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति झण्डै ३० करोड रुपैँया पुगेको छ । २०५१ सालमा स्थापना भएको यस सहकारीको तीन दशक पछि कुल सम्पत्ति २९ करोड ९८ लाख ५९ हजार ४ सय २० रुपैँया पुगेको हो । एक कार्यक्रममा सहकारीका प्रबन्धक शान्ता राईले यस आर्थिक बर्ष २०८०÷०८१ मा कुल आम्दानी २ करोड ८६ लाख ३४ हजार ४२ रुपैँया रहेको जानकारी दिनुभयो ।

यस्तै शेयर पुँजी २ करोड ९४ लाख १५ हजार ८ सय, संस्थागत पुँजी ३ करोड २६ लाख ६५ हजार ६ सय, निक्षेप २१ करोड ७८ लाख २५ हजार ९ सय ५६ र ऋण लगानी २० करोड ५२ लाख ८४ हजार ९ सय ९९ रुपैँया रहेको जानकारी दिनुभयो । यस्तै यस सहकारीमा कुल खर्च १ करोड ९३ लाख ५ हजार ७ सय ९१ र खुद वचत ९३ लाख २८ हजार २ सय ५० रुपैँया रहेको छ ।

यस्तै सहकारीमा हाल १ हजार २ सय ६९ जना महिला, १ हजार १ सय १२ पुरुष र अन्य १ गरेर २ हजार ३ सय ८२ जना शेयर सदस्य रहेको सहकारीका अध्यक्ष लक्ष्मण कुमार राईले जानकारी दिनुभयो । उहाँले सहकारीका सदस्य सेवा तथा हेरचाह अन्तर्गत सुत्केरी भेटघाट, मृत्यु राहत प्रदान, क्यान्सर/मृगौला रोग पिडितका लागि १० हजार सम्म राहत प्रदान, दुुर्घटना विमा वाफत १ लाख रुपैँया उपलब्ध गराउदैँ आएको बताउनुभयो ।

यस्तै सहकारीले सदस्यहरुकै लागि प्रविधिमैत्री वित्तिय साक्षरता, वित्तिय साक्षरता तथा सहकारी सदस्य शिक्षा तालिम, जेष्ठ नागरिक शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, वर्षभरीमा सर्वाेत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट असल ऋणी, उत्कृष्ट शैक्षिक पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गर्दैआएको छ ।

सो अवसरमा सहकारीमा उपाध्यक्ष धिरज रावत, सचिव श्रीकान्त राई, कोषाध्यक्ष बिरेन्द्र कुमार राई, लेखा सुपरिवेक्षण समिति संयोजक रुपसिंह राई लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस