मानव अधिकारको रक्षाका लागि सहकार्यमा जोड

सल्यान, १३ कात्तिक ।

सल्यानमा आयोजित एक कार्यक्रममा मानव अधिकारको रक्षाका लागि सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा सामाजिक न्याय अभियान अन्र्तगत रोयम नेपालको आयोजना र युवा मानवअधिकार रक्षक सञ्जाल सल्यानको समन्वयमा सोमबार खलंगामा भएको मानवअधिकार रक्षकका सवालहरुमा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

युवा मानवअधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि र सरोकारवाला विचको अन्तरक्रियामा बोल्दै पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले मानव अधिकारको रक्षाका लागि कानुनी, व्यवहारिक, प्रशासनिक हिसावले कुनै बाधा आएमा तीनै तहका सरकारसँग समन्वय र सहकार्य गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मानवअधिकारको सवाललाई निश्चित व्यक्तिको मात्रै नबनाएर सबैको साझा बिषयका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

मौलिक हकसँग सम्बन्धित कानुनहरु मानव अधिकारमैत्री बनाइएको उल्लेख गर्दै उहाँले अधिकारबाट कोही पनि बञ्चित नहुने र कर्तब्य पालना गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सडक, स्वास्थ्य, शिक्षा पनि मानवअधिकारसँग जोडिएको छ, सबै नागरिकले अधिकारको अनुभूति गर्न पाउनुपर्छ, यसमा राज्य प्रतिवद्ध छ, उहाँले भन्नुभयो कहीकतै कुनै कमजोरी भए सच्याएर अघि बढ्न पनि जरुरत छ ।

राष्ट्रियसभा सदस्य उदय बहादुर बोहराले मानवअधिकारको उलंघन गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल, शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी, त्रिबेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्द र शारदा नगरपालिका–४ का वडाअध्यक्ष किशोर कुमार हमालले मानव अधिकारको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि राज्यसँगै मानवअधिकार रक्षक र नागरिक समाज विचको सहकार्य हुनुपर्ने बताउनुभयो ।

यस्तै अधिकारकर्मी सिपि वली, बिष्णु शर्मा, मिना बुढाथोकी, दिपेन्द्र शाही, गुमानसिंह नेपाली लगाएतले बोल्दै मानवअधिकारका सवाल थुप्रै भएपनि सरकारको प्राथमिकतामा कम परेको गुणासो गर्नुभयो । मानवअधिकार, जिल्लामा मानवअधिकारको अवस्था, युवा मानवअधिकारका सवालका बारेमा प्रस्तुतिकरण गर्दै अधिकारकर्मी बुद्धि पुनले मानवअधिकारका क्षेत्रमा सबै चनाखो बन्नुपर्ने बताउनुभयो ।

युवा मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष अस्मिता बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका कर्णाली प्रदेश संयोजक सन्तोष विकले स्वागत मन्तव्य सँगै कार्यक्रमको उद्धेश्य बारेमा प्रकाश पार्नुभएको थियो भने सहजीकरण सञ्जालका सचिव प्रदिप घर्ती मगरले गर्नुभएको थियो । यसैविच सोही अवसरमा मानवअधिकारको संरक्षण र सम्र्बद्धनका लागि प्रतिवद्ध रहदैँ निति तथा कार्यक्रम र वजेटमा युवाका सवाललाई समेट्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित