सल्यान, १४ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय सल्यानले मर्यादित भएर व्यवस्थित रूपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले आज एक सूचना जारी गर्दै पर्वहरुलाई सुरक्षित, मर्यादित र अनुशासित तरिकाले मनाउन अनुरोध गर्नुभएको छ । समुदायमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग गर्न उहाँले अपिल पनि गर्नुभएको छ ।
यस्तै दीपावलीमा पटाका, फुलझरी आतिशबाजी जस्ता विष्फोटक पदार्थ तथा सामाग्रीको विक्रि वितरण एव प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, सवारी साधन चलाउने तथा जुवातास खेल्ने जस्ता कार्यहरु नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय सल्यानले सबै जिल्लावासी अनुरोध गरेको छ ।