सल्यान, ६ मंसिर ।
सल्यानको कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुर, पोखरामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा घेरबार नहुदा समस्या भएको छ । २००९ सालमा स्थापना भएको यस बिद्यालयमा घेरबार नहुदा स्थानिय नागरिकले चरिचरणका लागि छोडेका गाईबस्तु बिद्यालयको प्रांगनमै आउने गरेका छन् । जसले गर्दा पठनपाठन सञ्चालनमा समस्या भैरहेको बिद्यालयले जनाएको छ ।
५ सय ७ जना बिद्यार्थीले अध्ययन गर्दै आएको यस बिद्यालयमा हालसम्म पनि घेरबार छैन् । ५ बर्षपघि कालिमाटी गाउँपालिकाले बिद्यालय घेरबारका लागि १० लाख रुपैँया विनियोजन गरेको थियो । सोही बजेटबाट पर्खाल निर्माणको काम थालिएको छ । तर पर्याप्त वजेट नहुदा घेरबारको काम पुरा हुन सकेको छैन् । बिद्यालयका प्रधानाध्यापक पोखरसिंह खत्रीले बिद्यालय परिसरमा घेरबार निर्माणको थालनी गरेको बर्षौ भएपनि पुरा हुन नसकेको बताउनुभयो ।
‘४/५ बर्ष पहिले नै बिद्यालयमा घेरबारको लागि पर्खाल निर्माण थालिएको हो, त्यो बेला गाउँपालिकाले १० लाख रुपैँया छुट्याएको थियो, त्यसबाट पर्खाल निर्माणको काम गरियो, तर वजेट अभाव हुदा पुर्ण हुन सकेन्, करिब सय मिटर पर्खाल लगाइएको छ, अझै तीनपट्टि पर्खाल लगाउनै बाँकी छ’ प्रधानाध्यापक खत्रीले भन्नुभयो ‘त्यो बेला वजेट विनियोजन भएर केही काम गरिएको हो, त्यसपछि वजेट आएको छैन्, बिद्यालय आफैले पर्खाल लगाउने स्रोत छैन् ।’
२४ रोपनी १० आना जग्गा रहेको यस बिद्यालयमा चारैतिरबाट घेरबार गर्नुपर्ने आवश्यकता भएको उहाँको भनाइ छ । ‘बिद्यालयमा फूलबारी बनायो, गाईबाख्राले खाइदिन्छन्, स्थानियले बिद्यालयकै प्रांगणबाट हिडडुल गर्छन्, ग्वाला जाने, पानी ल्याउने, बिदाको दिनमा बालबालिका खेल्ने बिद्यालयको प्रांगण नै भएको छ, यसले गर्दा बिद्यालय व्यवस्थापन गर्न, पठनपाठन सञ्चालन गर्न, अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समस्या भएको छ’ उहाँले भन्नुभयो ।
समुदायको विचमै बिद्यालय भएपनि घेरबार लगाएतका व्यवस्थापनका कार्य व्यवस्थित नहुदा बिद्यालयको सर्वांगिन विकासमा समस्या भएको अभिभावक बताउँछन् । ‘घेरबारकै अभावमा बिद्यालय असुरक्षित छ, कम्प्युटर देखी बिद्यालयका सबै सामान असुरक्षित छन्, गएको बर्ष वनमा लागेको आगलागीकै कारण बिद्यालय जोगाउन मुश्किल भएको थियो’ एक अभिभावकले भने ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिलाल बस्नेतले वजेट अभावका कारण बिद्यालयमा थालिएको घेरबारको काम अधुरो भएको बताउनुभएको छ । कालिमाटी गाउँपालिका–१ का वडाअध्यक्ष समेत रहनुभएका बस्नेतले अधुरो पर्खाल पुरा गर्नका लागि पालिकाबाट वजेट माग गरिएको बताउनुभयो । ‘त्यो बेला नै पर्खाल पुरा गर्नुपर्ने हो, यस बिद्यालयलाई पर्खाल नितान्त आवश्यक हो, वजेटका लागि पहल गरिरहेका छौँ, पालिकामा न्युन वजेट हुने तर धेरै काम गर्नुपर्ने भएकाले समस्या भएको हो’ उहाँले भन्नुभयो ।
बिद्यालयमा खानेपानी नहुदा बिद्यार्थीले घरैबाट पानी बोकेर लैजानुपर्ने बाध्यता छ भने बिद्यालयकै शौचालय प्रयोगमा समेत समस्या भएको छ ।