जनकल्याण आधारभूत बिद्यालयको अध्यक्षमा बुढाथोकी : बिद्यालय अब्बल बन्दै

सल्यान, २२ मंसिर ।

सल्यानको शारदा नगरपालिका–५ तल्लोमार्केमा रहेको जनकल्याण आधारभूत बिद्यालयमा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रवार सम्पन्न भएको अभिभावक भेलाले बिद्यालयको शैक्षिक गुणस्तर सुधार, बिद्यालय व्यवस्थापन र सर्वाङ्गिन विकासका लागि ९ सदस्यीय नयाँ व्यवस्थापन समिति चयन गरेको हो । जसको सदस्यहरुमा अन्जु गौतम, चन्द्रकला बस्नेत रौले, बसन्ती कुमारी बस्नेत, अन्जु रोका चलाउने, मुमी कुमारी रोका, कुल बहादुर रेउले, शिक्षक प्रतिनिधि कृष्ण बहादुर वली र सदस्य सचिवमा प्रधानाध्यापक डिल्ली बहादुर भण्डारी रहनुभएको छ ।

२०४६ सालमा स्थापना भएको यस बिद्यालयमा हाल बालविकास देखी कक्षा ५ सम्म ६१ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । केही बर्षअघि सम्म उचित ब्यवस्थापन हुन नसक्दा यस बिद्यालयमा ७ जना बिद्यार्थीले मात्रै अध्ययन गर्दै आएका थिए । पछिल्लो समय शिक्षक र अभिभावकको सक्रियताका कारण बिद्यालयमा बिद्यार्थी संख्या बढ्नुका साथै पठनपाठनका कार्यमा पनि अब्बल बनेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित