सल्यान, २२ मंसिर ।
सल्यानको कपुरकोटमा सञ्चालित स्वास्थ्य शिविरमा ७ सय ३७ जनाले स्वास्थ्य सेवा लिएका छन् । नागरिकको स्वास्थ्यमा सहज पहुँचका लागि कपुरकोट गाउँपालिकाको आयोजना र राप्ती लाइफ केयर अस्पताल तुलसीपुर दाङ तथा कपुरकोट आधारभूत अस्पतालको प्राविधिक सहयोगमा एकीकृत बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा महिलाको स्त्रीरोग, हाड तथा नसा रोग, नाक–कान–घाँटी र भिडियो एक्स–रे जाँचका साथै निःशुल्क औषधि वितरण गरिएको छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले शिविरले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य पहुँच पु¥याउन एकिकृत बृहत निःशुल्क स्वास्थ्य शिविर गरिएको बताउनुभयो । शिविरमा निःशुल्क उपचार र औषधि पाएपछि स्थानिय खुसी भएका छन् ।