सल्यानको रेडियो राप्ती आजबाट १८ औँ बर्षमा प्रवेश

सल्यान, २६ मंसिर ।
शारदा मिडिया संगमद्धारा सञ्चालित जिल्लाकै पहिलो सामुदायिक रेडियो राप्ती एफएम १०४.८ मेगाहर्ज आज देखी १८ औँ बर्षमा प्रवेश गरेको छ । २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियो १७ औँ बर्ष पुरा गरेर आज देखी १८ औँ बर्षमा प्रवेश गरेको हो । सल्यान जिल्लाकै पहिलो रेडियोका रुपमा २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ । एक सय वाट क्षमता भएको यस रेडियो अहिले दैनिक १७ घण्टा प्रशारण हुदैँ आएको छ ।

रेडियोको प्रशारण सल्यान सहित दाङ, रोल्पा, रुकुम, प्यूठान, जाजारकोट, सुर्खेत लगाएतका छिमेकी जिल्लाहरुमा सुन्न सकिन्छ । रेडियोको पहुँचमा करिब १५ लाख श्रोता रहेका छन् । नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लाको नै पहिलो रेडियो राप्ती एफएमले आवाज बिहिनको आवाजको रुपमा काम गरिरहेको रेडियोका अध्यक्ष रमेश गौतमले जानकारी दिनु भयो ।

आन्तरिक व्यस्तताका कारण रेडियोको बार्षिकोत्सवको अवसरमा आज औपचारिक कार्यक्रम तय नभएपनि रेडियोको सञ्चालक समिति, कर्मचारी तथा सरोकारवालासँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस