कपुरकोटमा सामुदायिक मेलमिलापकर्ताहरूको लागि ४८ घण्टे तालिम सम्पन्न

न्यायिक समितिको कार्यबोझलाई कम गर्ने र समुदायमा उत्पन्न समितिको कार्यक्षेत्र भित्रका झैझगडा तथा विवादहरूको समुदाय स्तरमै मेलमिलाप गराई निरुपण गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको हो ।

सल्यान, ७ पुस ।
सल्यानको कपुरकोटमा सामुदायिक मेलमिलापकर्ताहरूको लागि ४८ घण्टे तालिम सम्पन्न भएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाको आयोजनामा सञ्चालित सामुदायिक मेलमिलापकर्ताहरूको लागि आधारभूत ४८ घण्टे तालिम आज सम्पन्न भएको हो । न्यायिक समितिको कार्यबोझलाई कम गर्ने र समुदायमा उत्पन्न समितिको कार्यक्षेत्र भित्रका झैझगडा तथा विवादहरूको समुदाय स्तरमै मेलमिलाप गराई निरुपण गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधीश देवप्रसाद गिरी, गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली लगाएतको सहभागिता रहेको थियो । तालिममा न्यायिक समितिका पदाधिकारी/कर्मचारीहरू, वडा अध्यक्षहरू र छ वटै वडाबाट मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो ।

मेलमिलापकर्ताहरूको आधारभूत तालिम कार्यशालाको सहजीकरण शान्तिका लागि सहकार्य नेपालले गरेको छ ।

प्रतिक्रिया दिनुहोस