मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्थाद्धारा क्रिया खर्च प्रदान

सल्यान, १२ पुस ।
मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्थाले एक परिवारलाई क्रिया खर्च प्रदान गरेको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री गाँउस्थित मिना बुढालाइ मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था लिमिटेड धनवाङ्ग सल्यान शाखाले २१ हनार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । राम्रीगाउँमा अवस्थित मेरो राम्री महिला केन्द्रमा बचत तथा कर्जा कारोबार गर्दै आउनु भएकी सदस्यको श्रीमान दोर्ण बहादुर सिंजाली थापाको मृत्युपछि काजक्रिया खर्च बाफतको रकम हस्तान्तरण गरिएको हो ।

सदस्य बुढाले मेरो माइक्रोफाइनान्सको धनवाङ्ग शाखामा २०७३ सालबाट समुहमा आवद्ध भइ कारोबार गर्दै आउनु भएको छ । २०८१ कार्तिक १५ गते उहाँको श्रीमानको मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो । सदस्य मिनालाई काजक्रिया खर्च बाफतको रकम हस्तान्तरण गरेको शाखा प्रबन्धक प्रेम बहादुर बिकले जानकारी दिनुभयो । मेरो माइक्रोफाइन्सले ६४ जिल्लामा १ सय ५० शाखा मार्फत १ लाख ६० हजार भन्दा धेरै परिवारलाइ बित्तीय सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस