सल्यान, २२ पुस ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय र कर्णाली प्रदेश उपाध्यक्ष लक्ष्मण केसीलाई सल्यानमा स्वागत गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको कार्यालय खलंगामा सोमबार बिहान उपाध्याय र केसीलाई स्वागत गरिएको हो । सो अवसरमा उपाध्याय र केसीले पत्रकार र पत्रकारिता क्षेत्रको बृद्धि विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताउनुभएको छ । कर्णालीमा सिमित पत्रकार हुदाँ नागरिकका आवाज बोल्न र पत्रकार महासंघको संस्थागत विकासमा असहजता देखिएकाले नयाँ पत्रकार उत्पादन गर्ने र मोफसलको पत्रकारितालाई जोड दिने बताउनुभयो ।
यस्तै जिल्ला शाखा भवनको मर्मतसम्भार तथा व्यवस्थापनका लागि प्रदेश र केन्द्रसम्म पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, सामुदायिक रेडियो प्रशारक संघका कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिब डाँगी, सचिव बुद्धि पुन लगाएतको सहभागिता रहेको थियो ।