सल्यान, ६ माघ ।
सल्यानका प्रमुख जिल्ला अधिकारी सावित्रा पुन र जिल्लाका पत्रकारहरुबिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आइतवार जिल्ला प्रशासन कार्यालयमा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी पुन र जिल्लामा क्रियाशिल पत्रकारहरुका बिचमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । सो अवशरमा जिल्लाको पत्रकारिता र सञ्चार माध्यमको अवस्था, शान्तिसुरक्षा, आमनागरिकका सवाल लगाएतका बिभिन्न बिषयहरुमा पत्रकारहरुले जानकारी दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी पुनले पत्रकारसँगको समन्वय र सहकार्यलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ । सल्यानको पत्रकारिताको इतिहास गौरवगर्न लायक रहेको चर्चा गर्दै उहाँले सुचना लिने र दिने सन्दर्भमा तादम्यता नमिल्दा समस्या हुने भएकाले पत्रकारसँगको सहकार्य निरन्तर अघि बढ्ने बताउनुभयो । उहाँले सल्यान रहदाँ सम्म आमनागरिकले महशुस गर्ने गरी शान्तिसुरक्षाको प्रबन्ध मिलाउने बताउनुभएको छ ।
परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, उपाध्यक्ष शिव डाँगी, सचिव बुद्धि पुन, कोषाध्यक्ष खकेन्द्र केसी लगाएत विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।