सल्यान जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड फागुन १५ देखि १७ सम्म हुने

सल्यान, ९ माघ ।
सल्यान जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ । बुधबार सम्पन्न जिल्ला खेलकुद बिकास समिती सल्यानको बैठकले सल्यान जिल्लास्तरिय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि फागुन १५ गते देखि १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । १४ औँ शिल्ड कपुरकोट गाउँपालिकाको रिममा भएको थियो भने १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कुमाख गाउपालिका वडा नम्बर २ स्थित नारायण माद्यामिक बिद्यालय रुमालगाउँमा सञ्चालन गर्ने निर्णय भएको जिल्ला खेलकूद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनुभयो ।

उहाँले सल्यान जिल्लाका दश वटै स्थानीय तहलाई उक्त समयभित्र आफ्नो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेर जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउनका लागि अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस