सल्यान जेसीज बर्ष २०२५ को अध्यक्षमा डाँगी

सल्यान, १९ माघ ।
सल्यान जेसीज बर्ष २०२५ को अध्यक्षमा मोहन डाँगी निर्वाचित हुनु भएको छ । शनिबार जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा सम्पन्न आठौं पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष मोहन सारुले सल्यान जेसीजको अध्यक्षमा डाँगी सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नुभएको हो । जसको कार्यकारी उपाध्यक्षद्वय गंगाराम डिसी र मेघ बहादुर चलाउने, उपाध्यक्षहरुमा नारायण दाहाल, लक्ष्मण शाह, नोखिराम खत्री र बसन्त महतरा तथा सचिबमा ज्ञानेन्द्र पुन मगर रहनु भएको छ ।

यस्तै मनोनीत हुनु हुनेमा महासचिवमा बिनोद चलाउने, कोषाध्यक्षमा मोहन डाँगी, प्रेस सल्लाहकारमा बुद्धि पुन, कानुनी सल्लाहकारमा टंक खत्री, प्रवक्तामा सुरेश प्रताप बुढाथोकी, विशेष सल्लाहकारमा प्रकाश बाबु चन्द, जनसम्पर्क अधिकारीमा सुमन बिष्ट, तालीम निर्देशकमा संजय हमाल, शाखा सम्पादकमा दिल बहादुर बुढाथोकी, स्वास्थ्य तथा खेलकुद सल्लाहकारमा शिबराज केसी रहनु भएको छ ।

सो अवसरमा बोल्दै शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले सत्य र मानवताको कल्याणका लागी जेसीजले उल्लेखनीय काम गरेको बताउनुभयो । उहाँले युवा नेतृत्वको सवालमा युवामैत्री तथा समृद्ध र विकासका लागी हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । ‘जेसीजले यस्तो काम गर्छ, जसले समाज रुपान्तरणमा विभिन्न काम गर्दै आएको छ, म जेसीज संग समन्वय र सहकार्य गरेर काम गर्न चाहान्छु’ उहाँले भन्नुभयो ‘म पनि जिल्ला बनाउने सोचमा लागेको छु, समाज रुपान्तरण गर्ने काममा लागेको छु ।’

कार्यक्रममा सल्यान जेसीजका संस्थापक अध्यक्ष राजेन्द्र कुमार थापा, शारदा नगरपालिका १२ का वडाअध्यक्ष सुरेन्द्र बुढा, उद्योग बाणिज्य संघ सल्यानका उपाध्यक्ष राजेन्द्र भण्डारी लगाएतले बोल्नु भएको थियो । शारदा नगरपालिका–११ का वडाअध्यक्ष तथा नगर प्रवक्ता राजेश कुमार शर्मा समेतको सहभागिता रहेको कार्यक्रममा संयोजक अंगत वलीको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सहजीकरण सुशील उपाध्यायले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस