गैरसरकारी संस्था महासंघ नेपाल सल्यानको अध्यक्षमा रेग्मी

सल्यान, १९ माघ ।

गैरसरकारी संस्था महासंघ नेपाल, सल्यानको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट रामचन्द्र रेग्मी सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको छ। साथै, उपाध्यक्षमा खड्ग शाही, सचिवमा जितेन्द्र डागी, सह-सचिवमा पूजा शर्मा, र कोषाध्यक्षमा केशरी श्रेष्ठ चयन हुनुभएको छ।

समितिको सदस्यहरूमा मानसिंह विक, मोहन ओली, धन ब नेपाली,रमेश भण्डारी, तुलसा रावत, बम बहादुर केसी, शान्ता नेपाली, र पार्वती सुनार रहनुभएको छ। नयाँ नेतृत्वले जिल्लाभित्र रहेका गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस