सल्यान, २० माघ ।
सल्यानमा वन आगलानी नियन्त्रण सम्बन्धि सामाग्री हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय सल्यानले आइतवार एक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय सल्यानलाई अग्नी नियन्त्रण सामाग्री हस्तान्तरण गरेको हो । गर्मीयाम सुरु भएसँगै जिल्लामा बन डढेलोका घटना बढ्न थालेका छन् । यस्तो अवस्थामा आगलागी नियन्त्रणमा सहजता होस् भन्ने हेतुका साथ विभिन्न सामाग्री हस्तान्तरण गरिएको हो ।
प्रहरीलाई स्वाटर १० थान, फायर रेक ५ थान, हेल्मेट १० थान, सुट १० थान, थर्मस ५ थान, वाटर व्याकप्याक १ थान र ग्लोब्स १० थान हस्तान्तरण गरिएको डिभिजनल बन अधिकृत टेक बहादुर रावलले जानकारी दिनुभयो । वन कार्यालयले खरिद गरेका सामाग्री अग्नी नियन्त्रणमा अहोरात्र खटिने प्रहरीलाई हस्तान्तरण गरिएको उहाँको भनाइ छ । उहाँले अबको केहि दिनमा प्रहरीलाई आगलागी नियन्त्रण सम्बन्धि प्रशिक्षण दिने योजना रहेको जानकारी दिनुभयो ।
अग्नी नियन्त्रण सामाग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले वन क्षेत्रमा आगलागी हुदा सुरुमा प्रहरी र वन कार्यालयमा खबर आउने भएकाले पुर्व तयारी नितान्त आवश्यक भएको बताउनुभयो । ‘सल्यानमा सल्लैसल्लाको वन भएकाले आगलागीको जोखिम उत्तिकै छ, तर जिल्लामा दमकल नहुनु राम्रो पक्ष भएन्, स्थानिय तहसँग दमकल गरिद गर्न प्रस्ताव राखिएको छ’ उहाँले भन्नुभयो ‘खडेरीको समयमा स्याउलाको भरमा डढेलो नियन्त्रण गर्न चुनौती छ ।’
अग्नी नियन्त्रण सामाग्री ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले आगलागी नियन्त्रणका लागी पुर्वतयारी अनिवार्य रहेको बताउनुभयो । वन कार्यालयले उपलब्ध गराएका सामाग्री वन डढेलो नियन्त्रणमा भरपुर प्रयोग गर्ने उहाँको भनाइ छ ।
जिल्लामा रहेका सबै सब डिभिजन बन कार्यालयहरुमा पनि अग्नी नियन्त्रण सामाग्री राखिएको र सबै वन समुहलाई सचेतीकरण गराउदैँ आएको डिभिजन वन कार्यालय सल्यानका सुचना अधिकारी ललितजंग खड्काले जानकारी दिनुभयो ।