खड्गदेवी आधारभूत बिद्यालयका सहयोगीदातालाई सम्मान

 

सल्यान, २१ माघ ।
सल्यानको शारदा नगरपालिका–३ पौवाबारीमा रहेको खड्गदेवी आधारभूत बिद्यालयमा आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्ने सहयोगी दातालाई सम्मान गरिएको छ । सोमबार श्रीपञ्चमीको अवसर पारेर बिद्यालयलाई आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्ने सहयोगी दातालाई बिद्यालयले कदरपत्रले सम्मान गरेको हो ।

जसमा शारदा नगरपालिका–३ तल्लोबजारका शैलेन्द्र कुमार शाक्य परिवार, लक्ष्मण शाक्य परिवार, यमुना शाक्य, ललिता शाक्य, पबिता शाक्य, रेनुका शाक्य तथा साम्रागी शाक्य परिवारका साथै काठमाण्डौको बालाजु निवासी पुर्णरत्न बज्राचार्यको परिवारलाई कदर पत्रले सम्मान गरिएको हो ।
ती सहयोगी दाताहरुले बिभिन्न समयमा बिद्यालयलाई नगत तथा जिन्सी गरेर करिव साढेँ पाँच लाख रुपैँयाको सहयोग गर्नुभएको छ ।

सो अवसरमा शारदा नगरपालिका–३ का वडाअध्यक्ष तुल्सा भण्डारी, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मौसम दाश श्रेष्ठ, प्रधानाध्यापक टिकाराम खड्का लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस