सल्यान, २२ माघ !
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा चार दिनसम्म चलेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उपाधि प्रभाकर माद्यामिक बिद्यालयले जितेको छ । मंगरबार भएको अन्तिम खेलसम्मा १४ स्वर्ण १३ रजत र ४ कास्य सहित प्रभाकर माद्यामिक बिद्यालय पहिलो हुदैँ चौथोँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो । यो बिद्यालयले लगातार तेस्रोपटक उपाधि जितेको हो । यस्तै त्रिभुवन जनता माद्यामिक बिद्यालय शंखपिपल च्युराले १० स्वर्ण ५ कास्य र ९ रजत सहित दोस्रो वनेको छ । यस्तै ३ स्वर्ण १ रजत र २ कास्य सहित कृष्ण माद्यामिक बिद्यालय लेखसँग्रही तेस्रो वनेको छ ।
सिद्धेश्वरी माद्यामिक बिद्यालयले १ स्वर्ण २ रजत र १ कास्य, महेन्द्र माद्यामिक बिद्यालय आँपचौरले १ स्वर्ण १ रजत र २ कास्य, प्रतिभा माद्यामिक बिद्यालय जयतपानीले १ स्वर्ण जितेको छ ।यस्तै मुक्ति माद्यामिक बिद्यालयले ५ रजत र ३ स्वर्ण, श्री लंङ्गग्रिन बोर्डिङ स्कुलले ३ रजत र ३ कास्य, कृष्ण बोर्डिङ स्कुलले ५ कास्य, नवजोति माद्यामिक बिद्यालयले २ कास्य जितेको बन्गाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।