बन्गाडका ३४ खोप केन्द्रबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउँदै

सल्यान, २२ माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानलाई सफल पार्न मंगलबार पालिकास्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ । अभियानलाई सफल पार्न समन्वय समिति र संचार क्षेत्रको अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । खोप अभियानलाई प्रभावकारी पार्न जनप्रतिनिधि सहितको जिम्मेवारी बाँडफाँड तथा योजना वनाउने काम गरिएको छ । किशोरीहरुको पाठेघरको मुखको क्यान्सर निवारण रणनीति एचपिभी खोप अभियान औचित्य र संचालन प्रक्रियामा वारे जानकारी गराएको छ ।

पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि कक्षा ६ देखी १० सम्म अध्यन गर्ने किशोरीहरु र विद्यालय नजाने १० वर्ष देखी १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर यस नगरपालिकाका ३४ खोप केन्द्रबाट अभियान सञ्चालन हुदै छ । नगर स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत नवीन चौधरीका अनुसार यही माघ २९ गतेदेखी अभियान सञ्चालन हुदै छ । हरेक वर्ष २१ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ । हरेक वर्ष १३ सय १३ को पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गर्दछ भने प्रत्येक दिन ४ जनाको मृत्यु हुने अनुमान गरिएको जनाएको छ ।

एचपिभी भाइरस संक्रमणका कारण यो रोग लाग्ने जनाएको छ । विशेष गरि यो खोपको निरोधक सिकोलिज भ्याक्सिन भएको समेत वताएको छ । खोप नछुटाइ ढुक्कसँग लगाउन आग्रह गरिएको छ । खोप अभियानका वारेमा स्वास्थ्यकर्मी सन्तोषि रावत, इन्द्रराज पोख्रेलले जानकारी गराउनु भएको थियोे । कार्यपालिका सदस्य, वडा अध्यक्ष लगाएत विभिन्न शाखा प्रमुख तथा प्रतिनिधि, नगर प्रमुख कर्ण वहादुर वुढाथोकी, उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकिय अधिकृत जगत घर्तीको उपस्थित रहेको थियोे ।

कार्यक्रमको सहजिकरण नगर स्वास्थ शाखाका निवर्तमान शाखा प्रमुख वासुदेव पोख्रेलले गर्नु भएको थियोे । पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपिभी खोप दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस