लैंगिक समानता र सामाजिक समावेशिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम कपुरकोटमा सम्पन्न

सल्यान, २४ माघ ।
सल्यानमा लैंगिक समानता र सामाजिक समावेशिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय सल्यान र कपुरकोट गाउँपालिकाको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ सल्यानको आयोजनामा पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम विहीबार कपुरकोटमा सम्पन्न भएको हो । सामुदायिक वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले समुदायको समुन्नत विकास र समृद्धिका लागि समानता र समावेशीकरण आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालका मुकुन्द पौडेल, सामुदायिक वन महासंघ सल्यानका ईन्चार्ज प्रेमा अधिकारी, केन्द्रीय सदस्य घनश्याम शर्मा, स्थायी समिति सदस्य मातृका सुवेदी, स्थानिय वन महासंघ कपुरकोटका अध्यक्ष खड्ग केसी, नेपाल प्रत्रकार महासंघका प्रदेश परिषद सदस्य जित प्रसाद आचार्य लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा कपुरकोट गाउँपालिका भरीका ५४ वटा सामुदायिक वनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

जिल्ला वन न्याय समितिका संयोजक टिकाराम केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वन महासंघका सचिव अरुणा खत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस