ग्रामिण वचत तथा ऋण सहकारी संस्थाले मनायो ३० औँ स्थापना दिवस

सल्यान, २८ माघ ।
ग्रामिण वचत तथा ऋण सहकारी लिमिटेड सल्यानले स्थापना दिवस मनाएको छ । जिल्लाको सदरमुकाम खलंगामा रहेको ग्रामिण वचत तथा ऋण सहकारी संस्थाले सोमवार आफ्नो ३० औँ स्थापना दिवस मनाएको हो । २०५१ साल माघ २८ गते सहकारीको स्थापना भएको थियो । कार्यक्रम बोल्दै शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले ग्रामीण छुट्टै गरिमा भएको सहकारीको रुपमा स्थापित भएको बताउँदै शारदा नगरपालिकाले सहकारी लक्षित विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।

हकारीका अध्यक्ष लक्ष्मण कुमार राईले ग्रामीण सहकारी सल्यानमा मात्रै नभएर देशकै सुशासन र पारदर्शी सहकारीका रुपमा चिनिने गरेको बताउदै सहकारीले सदस्यहरुको हकहितका लागि सधैं काम गर्दै आएको बताउनुभयो । निवर्तमान सचिव सनतकुमार शर्माले ग्रामिण सहकारीमा सदस्यहरुको बचत सुरक्षित छ, भन्ने सन्देश प्रभाव भएको बताउनुभयो ।

कार्यक्रममा सहकारीका लेखासुपेरिवेक्षक सदस्य रुपसिहं राई, सहकारीका संस्थापक सदस्य कृष्णराज उपाध्य लगाएतकाले बोल्नुभएको थियो । स्थापना दिवसको अवसरमा गरिने वार्षिक कार्यक्रम अनुसार ७ जना जेष्ठ शेयेरसदस्यहरुलाई अभिनन्दन समेत गरिएको थियो ।

सहकारी सञ्चालक समितीका उपाध्यक्ष धिरज रावतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव श्रीकान्त राईले गर्नुभएको थियो । ग्रामिण सहकारीमा हाल २ हजार ४ सय ५१ शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस