नेतृत्वमा ‘महिला नै पहिला’

महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरुपयोग गर्दै कानुनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागितालाई पाखा लगाउने काम भएको भन्दै महिला पहिला भए मात्रै महिला नेतृत्व सफल हुने उहाँको भनाइ छ ।

सल्यान, २१ फागुन ।
राजनीतिमा महिलाको सहभागितालाई प्रभावकारी बनाउन नेतृत्वमा महिला नै पहिला हुनुपर्ने वक्ताहरुले जोड दिएका छन् । घर समाल्ने महिलाले नेतृत्व पनि समाल्न सक्ने भएकाले राजनीतिमा महिलाको सहभागितालाई सुनिश्चित गर्न नेतृत्वमा नै महिला आउनुपर्ने उनीहरुले बताएका हुन् । नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहजीकरणमा संचालन भएको देशब्यापी महिलावादी अनुपम अभियान अन्र्तगत मंगलबार सल्यानको श्रीनगरमा भएको ¥यालि सहितको कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् ।

केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ हुनुपर्ने आवाज उठाउँदै देशव्यापी रुपमा यो अभियान सञ्चालन गरिएको बताउनुभयो । महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरुपयोग गर्दै कानुनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागितालाई पाखा लगाउने काम भएको भन्दै महिला पहिला भए मात्रै महिला नेतृत्व सफल हुने उहाँको भनाइ छ ।

‘राजनीतिमा महिला पद छ, जिम्मेवारी छैन, त्यसैले महिलालाई नेतृत्व दिनुहोस्, महिलाको नेतृत्वलाई स्वीकार्ने वातावरण बनाउन र राज्यका सबै तहमा महिलाको समतामूलक सहभागिता अनिवार्य रहेको छ, सोहीअनुसार देशब्यापी अभियान सञ्चालन गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘अहिलेसम्म सल्यान सहित ६८ जिल्लामा अभियान सञ्चालन गरेका छौँ, कुनै पार्टी वा दल नभनेर बिशुद्ध नेतृत्वमा महिला आउनुपर्छ भनेर हामी लागिरहेका छौँ, आउँदो २०८४ को निर्वाचनमा महिला सहभागिताले सार्थकता पाउने छ ।’

शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले जाति, धर्म, लैंगिकता, भौगोलिक स्थितिले पछि पारिएका समुदाय र महिलाहरुको आवाज बुलन्द पारी राज्यको हरेक तहमा निर्णायक भूमिकामा पु¥याउन र आत्मसम्मान बढाउन यो अभियान फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । ‘राज्यको हरेक तहमा अहिले महिलाहरुलाई ३३ प्रतिशत सुनिश्चितता भनेको छ तर भन्ने हो भने ५० प्रतिशतको कुरा हो, महिलाहरुले गर्न नसक्ने होइन अवसर पायो भने महिलाहरुले गर्न सक्छन् तर अवसरको कमी छ’ उहाँले थप्नुभयो ।

नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुनले राज्यको हरेक तहमा मुलुकको विकासका लागि महिलाहरु पुग्नैपर्ने र यसका लागि महिलाहरुको अर्थपूर्ण सहभागीता आवश्यक रहेको बताउनुभयो । ‘महिलालाई अवसरबाट बञ्चित गरिदा उनीहरु निति निर्माण देखी कार्यान्वयन तहसम्म पुग्न सकेका छैनन्’ उहाँले भन्नुभयो ‘घर समाल्ने महिलाले पालिका, प्रदेश र केन्द्र पनि चलाउन सक्छन्, त्यसैले महिलालाई नेतृत्वमा पु¥याउनसबैको साथ र सहयोग जरुरी छ ।’

नेपाल महिला सामुदायिक सेवा केन्द्रका सूचना अधिकारी आरके सितलले अभियानका बारेमा जानकारी दिनुभएको थियो भने सहजीकरण कार्यक्रम संयोजक दिपा अधिकारीले गर्नुभएको थियो । अभियान अन्र्तगत जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा शान्तिपुर्ण ¥याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस