शारदा नगरपालिका–१५ मा पशु सेवा स्वास्थ्य शिविर : १९२४ पशुपंक्षिको उपचार

सल्यान, २१ फागुन ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर १५ हरलेमा एकदिने पशु सेवा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार शारदा नगरपालिका पशुसेवा शाखाको आयोजना र वडा कार्यालयको स्थानीय व्यवस्थापनमा पशु स्वास्थ्य विशिर सम्पन्न भएको हो । शिविरमा ८४ जना किसानले आफुले पालेका १९२४ वटा पशुपंक्षिको उपचार सेवा लिएको शारदा नगरपालिका पशु सेवा शाखामा कार्यरत सहायकस्तर पाँचौँ मधुसुदन उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार २० वटा कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन दिइएको छ । यस्तै ३ वटा बोकालाई खसी बनाइएको छ भने १४ वटा भैँसीलाई जुकानाम्लेको औषधि दिइएको छ । यस्तै ८९९ बाख्रा, कुखुरा ८९५, गाईगोरु ९३ को उपचार तथा परामर्श सेवा दिइएको हो ।

शारदा नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा भएको शिविरमा डा. जेनिसा राई, सहायकस्तर पाँचौँ उपाध्याय सहित वडाका प्राविधिकको टोलीले विशेषज्ञ पशु सेवा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित