सल्यान, ९ चैत ।
रेडियो राप्ती एफ.एम. सल्यानका कार्यक्रम प्रमुख अमृत बाबु बुढाथोकी सम्मानित हुनुभएको छ । शनिबार सल्यान उद्योग बाणिज्य संघ सल्यानले १३ औं बार्षिक साधारणसभाको अवसरमा रेडियो राप्तीका बुढाथोकीलाई उत्कृष्ट उद्योग बाणिज्य पत्रकारिता पुरस्कारले सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ सल्यानका कार्य समिती सदस्य तथा राष्ट्रिय फोटो पत्रकार समुह सल्यानका अध्यक्ष समेत रहनुभएका बुढाथोकी रेडियो राप्ती एफ.एम.सँगै हिमालय टेलिभिजनमा सल्यानवाट संवाददाताको रुपमा काम गर्नुहुन्छ ।
सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सल्यान उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले पत्रकार बुढाथोकीलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको हो । उद्योग बाणिज्य क्षेत्रको विकास र प्रर्वद्धनमा टेवा पुर्याएकाले पत्रकार बुढाथोकीलाई सम्मान गरिएको सल्यान उद्योग बाणिज्य संघका महासचिव मोहन सारुले जानकारी दिनुभयो ।