व्यापारीले सटर बन्द गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : ज्वाला

पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहनुभएका ज्वालाले भन्नुभयो ‘सल्यानमा भएको कच्चापदार्थ सस्तो मुल्यमा बेच्ने, अनि प्रशोधन गरेको बस्तु खरिद गरेर सदर खोल्ने चलन छ, यसले व्यापारीको भलाइ कहिल्यै हुदैन्, लगानी उठाउनै मुश्किल हुदा सटर बन्द गर्नुपर्ने बाध्यता छ ।’


सल्यान, १० चैत ।
प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले व्यापारीले सटर बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताउनु भएको छ । सल्यानमा कृषि, पर्यटन, बन, उद्योगका थुप्रै सम्भावना भएपनि यहाँ उत्पादन भएको कच्चापदार्थ निर्यात गरेर आयातीत सामानको मात्रै सटर थापेर बस्दा समस्या भएको भन्दै उहाँले अब जिल्लाका व्यापारीले थापेका सटर बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताउनुभएको हो । शनिबार सल्यान उद्योग बाणिज्य संघ सल्यानको १३ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले जिल्लामा उत्पादित बस्तुको प्रवद्र्धन र बजारीकरणमा सहजताको लागि कोल्डस्टोर निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहनुभएका ज्वालाले भन्नुभयो ‘सल्यानमा भएको कच्चापदार्थ सस्तो मुल्यमा बेच्ने, अनि प्रशोधन गरेको बस्तु खरिद गरेर सटर खोल्ने चलन छ, यसले व्यापारीको भलाइ कहिल्यै हुदैन्, लगानी उठाउनै मुश्किल हुदा सटर बन्द गर्नुपर्ने बाध्यता छ ।’ उहाँले जिल्लाका उद्योगी, व्यावसायिलाई टिकाई राख्न सोही अनुसारको निती तथा ऐन बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले स्थानीय उत्पादनमा आधारित उद्योग तथा व्यवसाय बिना आर्थिक क्रान्ति हुन नसक्ने बताउनुभएको छ । उहाँले जिल्लामा भएको सुन्तला, टिमुर, अदुवा लगाएतका कृषिजन्य बस्तुको प्रवद्र्धन बिस्तार बजारीकरण र व्यवसायिकरणमा प्रदेशले जोड दिएको बताउनुभयो ।

 

यस्तै प्रदेशसभा सदस्य भिमप्रकाश शर्माले आर्थिक उपार्जन नै अहिलेको आवश्यकता भएको बताउनुभएको छ । उहाँले उद्योगी र व्यापारीलाई उत्पाद संग जोड्नुराम्रो भएपनि लगानीको सुनिश्चितता अति आवश्यक रहेको बताउनुभयो । यस्तै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले व्यापारीले फाइदा मात्रै नभइ सेवाको भाव लिएर आमउपभोक्ताको हित हुनेगरि व्यापार व्यावसाय गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेश उपाध्यक्ष सुधन श्रेष्ठले निजि क्षेत्रमैत्री ऐन कानुन निर्माण नहुदा समस्या भएको बताउनुभएको छ । ‘आवश्यकता पर्दा मात्रै निजि क्षेत्र चाहिन्छ, तर अन्य समयमा निजि क्षेत्र ओझेलमा छन्, सरकारी अनुदान समुह सहकारीलाइ दिन मिल्ने तर निजि क्षेत्रलाई दिन नमिल्ने भनिरहदा मारमा निजि क्षेत्र परेका छन्’ उहाँले भन्नुभयो ।

यस्तै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले स्थानीय नागरिकले उत्पादन गरेको चिजबस्तुको बजारीकरण गर्नको लागि पालिका मार्फत उद्योग बाणिज्य संघले जोड्ने काम गर्नुपर्ने बताउनुभयो । दुरदराज र गाउँबस्ती सम्ममा बिचौलिया जाने तथा उनीहरुकै मनोमानी चल्ने र जसका कारण उद्योगी व्यापारी धरासायी हुने अवस्थाको अन्त्य गरिनुपर्ने उहाँको भनाइ छ ।

यस्तै कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जिल्लामा उत्पादन हुने कृषि, बन, पर्यटन लगाएतका थुप्रै क्षेत्रको पहिचान गरेर ती बस्तुको जिल्लामै प्रशोधन र प्रवद्र्धन गरिनुपर्ने बताउनुभयो । जिल्लामा भएको कच्चापदार्थ सस्तोमा निर्यात गरेर प्रशोधित बस्तु महंगोमा किन्नुपर्ने परिस्थितिको अन्त्य गरिनुपर्ने उहाँको भनाइ छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले आमउपभोक्ताको हितलाई ध्यान दिदै जिल्लामा भित्रिने सामानको मुल्य, गुणस्तर, म्याद आदीको बारेमा सचेत हुनुपर्ने बताउनुभयो । यस्तै सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले देशभरको आर्थिक अवस्था कमजोर हुदा उद्योगी व्यापारीको अवस्था दिनानुदिन खस्कदै गएकाले व्यापारीलाइ व्यापारमै टिक्ने र लगानी सुनिश्चितताको वारेन्टी हुनैपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका शारदा नगर कमिटी अध्यक्ष महेश देवकोटा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हरि प्रकाश बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति प्रकाश नेपाली, राप्रपाका क्षेत्रिय अध्यक्ष सन्तोष कुमार राई, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम खड्गी, नेकपाका जिल्ला इन्चार्ज मोहनलाल चन्दले बोल्दै निजि क्षेत्रको साथ र सहयोग विना हरेक क्षेत्रको विकास असम्भव हुने बताउनुभयो ।

सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय भुमि आयोग सल्यानका अध्यक्ष बीरबहादुर सेजवाल, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी लगाएतले बोल्नु भएको थियो ।

सल्यान उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष राजेन्द्र भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महासचिव मोहन सारुले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस