सल्यान, १२ चैत ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा सञ्चालन भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा अर्थात कक्षा ८ को बार्षिक परिक्षामा ७० प्रतिशत बढी बिद्यार्थी अनुर्तिण भएका छन् । फागुन २७ गतेदेखी चैत ६ गतेसम्म सञ्चालन भएको गाउँपालिकास्तरीय बार्षिक परिक्षाको हालै प्रकाशित नजिता अनुसार ७० प्रतिशत भन्दा बढी बिद्यार्थी अनुर्तिण भएका हुन् । बार्षिक परिक्षामा गाउँपालिकाभरीका एक संस्थागत सहित १५ वटा बिद्यालयका ४ सय ३२ जना बिद्यार्थी सहभागि भएका थिए ।
तीमध्ये १ सय २७ जना बिद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत केशर बहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार बार्षिक परिक्षामा समावेश भएका मध्ये ३ सय ५ जना बिद्यार्थीले एक वा एक भन्दा बढी बिषयमा ३५ अंक प्राप्त गर्न सकेका छैनन् । तीमध्ये कम्तिमा दुई बिषयमा ३५ अंक प्राप्त नगरेका १ सय ७६ जना बिद्यार्थीले ग्रेड बृद्धि अर्थात मौका परिक्षा पाउने छन् भने तीन वा तीन भन्दा बढी बिषयमा ३५ अंक प्राप्त नगरेका १ सय २९ जना बिद्याथीले फेरि कक्षा ८ मै पढ्नुपर्ने छ ।
मौका परिक्षामा सहभागि हुने बिद्यार्थीले परिक्षा दिएका बिषयमा ३५ अंक प्राप्त गरेमा कक्षा ९ मा भर्ना भएर पढ्न पाउने छन् तर अनुत्तीर्ण भए वा ३५ भन्दा कम अंक प्राप्त गरेमा उनीहरुले पनि कक्षा ८ मै भर्ना भएर पढ्नुपर्ने छ । ग्रेड बृद्धिको मौका परिक्षा २०८२ बैशाख १० र ११ गते हुने छ । ‘म बनाउँछु मेरो छत्रेश्वरी’ नारा घन्काएको गाउँपालिकाले कक्षा ८ कै बार्षिक परिक्षा सञ्चालन गर्दा पनि बिभिन्न बिद्यालयमा परिक्षा केन्द्र तोकेर परिक्षा सञ्चालन गरेको थियो ।
तर सार्वजनिक भएको कक्षा ८ को बार्षिक परिक्षाको नतिजाले भने शिक्षक, बिद्यार्थी र अभिभावकलाई झस्काएको छ । निजि बिद्यालयमा अध्ययन गर्ने सबै बिद्यार्थी उत्तीर्ण भएपनि सामुदायिक बिद्यालयमा अध्ययन गर्ने आधा भन्दा बढी बिद्यार्थी अनुत्तीर्ण हुदा गाउँपालिका सोचमग्न भएको छ । कक्षा ८ को नतिजा हेर्दा कठै भन्नु बाहेक अर्को विकल्प केही नभएको अभिभावक बताउँछन् ।
गाउँपालिकाले प्रकाशन गरेको नतिजा :
सामुदायिक बिद्यालयको अहिलेको नतिजा हेर्दा शिक्षामा गरिएको लगानी बेकार जस्तै छ । नवदुर्गा आधारभूत बिद्यालय जिताठानबाट बार्षिक परिक्षा दिएका १८ जना बिद्यार्थी नै अनुत्तीर्ण भएका छन् । ती मध्ये ८ जना बिद्यार्थीले मात्रै मौका परिक्षा दिन पाउने छन् । जनज्योति आधारभूत बिद्यालय काल्चेका १५ जनामध्ये एक जनामात्रै उत्तीर्ण हुदाँ लक्ष्मी माध्यमिक बिद्यालय जयचौरका ८० जना बिद्यार्थीमध्ये पनि एक जनामात्रै उत्तीर्ण भएका छन् ।
यस्तै भानुभक्त माध्यमिक बिद्यालय दमाचौरका २९ जना बिद्यार्थी मध्ये ४ जना, भागेश्वरी आधारभूत बिद्यालय दहचौरका १८ जना बिद्यार्थीमध्ये ३ जना, जनता माध्यमिक बिद्यालय बुराँसेटाकुरीका २६ जना मध्ये ६ जना, सरस्वती आधारभूत बिद्यालय रानीपोखरीका २५ जना बिद्यार्थीमध्ये १० जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै जानकी माध्यमिक बिद्यालय दोहलीका ३४ जना बिद्यार्थीमध्ये ५ जना, कृष्ण माध्यमिक बिद्यालय पोखरीडाँडाका २९ जना बिद्यार्थीमध्ये २२ जना र महेन्द्र माध्यमिक बिद्यालय पाखापानीका २६ जना बिद्यार्थीमध्ये ९ जना मात्रै उत्तीर्ण भएका छन् ।
यस्तै सरस्वती आधारभूत बिद्यालय लेखसिरुवालीका ११ जना बिद्यार्थीमध्ये ३ जना, त्रिभुवन जन माध्यमिक बिद्यालय लेखचौरपानीका २६ जना बिद्यार्थीमध्ये १९ जना, त्रिभुवन जन माध्यमिक बिद्यालय भोटेचौरका ४८ जना बिद्यार्थीमध्ये ५ जना, शारदा माध्यमिक बिद्यालय शंखमुलका २५ जना बिद्यार्थीमध्ये १७ जना उत्तीर्ण भएका छन् । यस्तै यल्लो विट इंग्लिस बोर्डिङ स्कुल लान्तिबाट परिक्षा दिएका सबै २२ जना बिद्यार्थी उत्र्तीण भएका छन् ।
गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत वलीले कम्तिमा दुई बिषयमा ३५ अंक प्राप्त गर्न नसकेका बिद्यार्थीलाई मौका परिक्षाको अवसर रहेको बताउनुभयो । ‘गतबर्षको नजिता पनि राम्रो थिएन्, यसपटकको नतिजामा सुधार आउने अपेक्षा गरेका थियौँ, तर सोचेअनुसारको आएन्, यसपटकको नतिजा समिक्षाको बिषय वनेको छ, हामी केहीदिनमा यसको समिक्षा गर्छौ’ उहाँले भन्नुभयो ‘अवका दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा योजना पनि तय गर्छौ ।’
शिक्षाका संरचना निर्माणमा मात्रै ध्यान दिएको गाउँपालिकाले शैक्षिक सुधारमा ध्यान नदिदा कक्षा ८ को नजिता राम्रो आउन नसकेको अभिभावकको गुणासो छ । बर्षेनी शिक्षा क्षेत्रमा सरकारी तवरबाट भएको लगानी अनुत्पादन जस्तै भएको उनीहरु बताउँछन् ।
र यो पनि