सल्यान, २३ चैत ।
सल्यानको कपुरकोटमा चैते दशैँ मेला लागेको छ । जिल्लाको कपुरकोट वजारमा रहेको दक्षिण कालिका देवि मन्दिरमा शनिवार चैते दशैँ मेला लागेको हो । मेलाको अवसरमा मन्दिर व्यवस्थापन समितिले निर्माण गरेका सिँढीको उद्घाटन गरिएको छ । चैते दशैँ मेलाको अवसरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको छ ।
सो अवसरमा बोल्दै मन्त्री अधिकारीले संस्कृति संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । मठमन्दिर सबैको साझा सम्पत्ति भएको बताउदैँ उहाँले चाडपर्वका अवसरमा गरिने मेला, पुजापाठ, भजनकृतन लगाएतका कार्यले पहिचान, संस्कृति र संस्कार झल्काउन मद्धत मिल्ने बताउनुभएको हो । सल्यानीमा आफ्नै मौलिकपन रहेकाले संस्कृति संरक्षणमा सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर यरीको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, वडा नम्बर ३ का वडाअध्यक्ष प्रदिप खड्का, वडा नम्बर ४ का वडाअध्यक्ष मित्रलाल कठायत लगाएत स्थानीयको उल्लेख्य मात्रामा सहभागिता रहेको छ । यस मन्दिरमा सञ्चालित साँस्कृतिक कार्यक्रम भोली सञ्चालन हुने छन् ।