क्रिकेट अपडेट : कुमाखलाई दोस्रो सफलता, सिद्धकुमाख १९ रनले पराजित


सल्यान, ९ बैशाख ।
सल्यानमा सञ्चालित दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको छैठौँ खेलमा कुमाख गाउँपालिका विजयी भएको छ । शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा जारी अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको मंगलबार बिहान सम्पन्न खेलमा सिद्ध कुमाख गाउँपालिकालाई १९ रनले हराउदैँ कुमाख गाउँपालिकाले अपराजित यात्रा जारी राखेको हो । लुहापिङ खेलमैदानमा सिद्धकुमाखले टस जितेर फिल्डिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको कुमाख २० ओभरमा ९ विकेट गुमाउदैँ १३१ रनमा समेटियो । कुमाखका लागि टिम क्याप्टेन बालकृष्ण गिरीले १५ वलमा २७ रनको योगदान दिनुभयो । यस्तै जेनिश बुढाथोकीले २७ रन वनाउँदा राजेश विक १४ रनमा नटआउट रहनुभयो । सिद्धकुमाखका सन्दिप भुलले ४ ओभरमा एक मेडन सहित १९ रन खर्चिदैँ ३ विकेट लिनुभयो । यस्तै मिलन धितालले ३, किरण न्यौपानेले २ र बिक्रम रोकाले १ विकेट लिनुभयो ।

जीतका लागि १३२ रनको लक्ष्य सहित मैदान प्रवेश गरेको सिद्धकुमाख २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा सिमित रह्यो । सिद्धकुमाखका लागि दिपक विकले ३७ बलमा २६ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन् । यस्तै बिरेन्द्र रावत १९ रनमा नटआउट रहदा पुनम घर्ती मगरले १३ रन जोड्नुभयो । कुमाखको जितका लागि जेनिश बुढाथोकीले ४ ओभरमा २२ रन खर्चिदैँ ३ विकेट लिनुभयो । यस्तै कुशल डाँगी र बिष्ण वलीले २/२ तथा सुरज बुढाथोकीले १ विकेट लिनुभयो ।

समान २/२ खेल खेलेका कुमाख दुबै खेलमा विजयी हुदाँ भने सिद्धकुमाख भने जीत विहीन छ ।

प्रतिक्रिया दिनुहोस