सल्यान, ९ बैशाख ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा चौथो मेयर कप प्रतियोगिता २०८२ को विजेता पनि पुनः १ नं वडा भएको छ । यो सहित १ नं वडाले तेस्रो पटक मेयर कप जित्न सफल भएको छ । १ नं वडाले पुरुष रस्साकसि, पुरुष व्याडमिण्टन, पुरुष फुटबल, पुरुष सट्टफुट, महिला सट्टफुट, महिला कवडी गरि ६ स्वर्ण सहित पहिलो भएको हो । १ स्वर्ण १ रजत सहित वडा नं ११ ले पुरुष भलिबलको उपाधि जित हात पार्दै दोस्रो भएको छ ।
पुरुष कवडीमा प्रथम हुदै १ स्वर्ण र १ कास्य सहित वडा नं ६ र वडा नं ८ महिला भलिबलमा जित हात पार्दै तेस्रो भएको छ । ६ र ८ नं वडाको पदक वरार रहेको छ । वडा २, ३, ४, ५, ७, १० र १२ ले रजत र कास्य पदकमा मात्रै चित वुझाएका छन् भने वडा ९ र १२ ले कुनै पनि विधा हात पार्न सकेनन् । चौथो मेयर कप खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फका खेलहरु समावेश गरिएको थिएन भने भलिबल, सट्टफुट, रस्साकस्सि, कवडि खेलहरु समावेश गरिएको थियोे ।
अथक मेहनतका वावुजुत यो तेस्रो पटक पनि मेयर कप जित्न सफल भएकोमा वडा अध्यक्ष थुम वहादुर विसीले खुसि व्यक्त गर्दै खेलाडीहरुलाइ धन्यवाद दिनु भएको छ । समापन सत्रमा नगर प्रमुख कर्ण वहादुर वुढाथोकी, उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकिय अधिकृत गोकर्ण पन्थी, वडा अध्यक्ष गणेश विसी, धन वहादुर पुन, थुम वहादुर विसी, कुल वहादुर पुरी, मान वहादुर खत्री, जीवन सिंह ठकुरी, वीर वहादुर वुढा, पिउपर खत्री, नगर खेलकुद विकास समितिका अध्यक्ष रिम वहादुर विष्ट, नगर शिक्षा शाखा प्रमुख चक्रबहादुर रावत लगाएतले प्रतियोगिता खेलाडीलाई प्रमाणपत्र सहित नगद पुरस्कार वितरण गर्नुभएको थियो ।
सो अवसरमा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता खेलाडीहरुलाइ सम्मान समेत गरिएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष विष्टको सभा अध्यक्षतामा भएको समापन सत्रको सञ्चालन खेलकुद विकास समिति सदस्य शुशान्त केसीले गर्नुभएको थियो ।