कृषि सहकारी संस्था सुदृढीकरण र वार्षिक बजेट समिक्षा कार्यक्रम सम्पन्न

सुर्खेत, १२ बैशाख ।
साना किसानहरूको समृद्धि र कृषिको रूपान्तरणलाई प्राथमिकता दिँदै साझेदार साना किसान कृषि सहकारी संस्थाहरूका लागि संस्था सुदृढीकरण तथा आ. ब. २०८२/८३ को वार्षिक बजेट समिक्षा कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । यस कार्यक्रममा साना किसान विकास लघु वित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सुर्खेतका प्रबन्धक द्रोण राज घिमिरेको सभाध्यक्षतामा विभिन्न किसान संस्थाहरू र कृषि सहकारीहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रमको प्रारम्भमा प्रभात चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो । जसमा उहाँले साना किसानहरूको आर्थिक समृद्धि र कृषिमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका बारेमा चर्चा गर्नुभयो । सो कार्यक्रममा ४० वटा विभिन्न संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाए । कार्यक्रममा संचालन हर्क राजा थापाले गर्नभएको थियो ।

कार्यक्रममा सुर्खेत जिल्ला तथा जाजरकोट र सल्यानका साना किसानहरू समेत उपस्थित थिए । कार्यक्रममा कृषिमा विविधता र कृषकहरूको सहकारी संस्थासँगको साझेदारीको महत्वलाई पनि प्रकट गरिएको थियो । साना किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याउने र कृषिको रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ गरिएको यो समिक्षा कार्यक्रमले कृषि सहकारी संस्थाको सुदृढीकरणको महत्वलाई पक्कै जोड दिएको छ ।

कृषि क्षेत्रमा दिगो विकास र समृद्धि ल्याउने उद्देश्यसहित आगामी वर्षहरूमा थप यस्ता कार्यक्रमहरूको आयोजना गरिने छ भन्ने आयोजकद्वारा जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस