नेकपा (एकीकृत समाजवादी) सल्यानले बैशाख २७ देखी जेठ १० गतेसम्म पालिका अधिवेशन गर्ने

सल्यान, २१ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यान जिल्ला कमिटीको पहिलो बैठकले जिल्लाका सबै पालिकाहरूमा अधिवेशन गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न बैठकको निर्णयअनुसार वैशाख २७ गतेदेखि जेठ १० गतेसम्म दशवटै पालिकाहरूमा पालिका अधिवेशन सम्पन्न गरिनेछ ।

जिल्ला अध्यक्ष रमेश कुमार गौतमको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले सम्बोधन गर्नुभएको थियो । यस्तै बैठकमा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भद्र सिंह बुढा, केन्द्रीय सदस्य लोक बहादुर डाँगी, हरि केसी र प्रदेश कमिटी सचिवालय सदस्य भोला केसीले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकले वैशाख २२ गते सबै पालिकामा स्थानीय जनमागहरू समेटिएको ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ । उपाध्यक्ष टेक बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सञ्चालन सचिव प्रेम डाँगीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस