सिकाई स्तरमा आधारित शिक्षण विधि कार्यक्रम अन्तर्गत परियोजना परिचयात्मक बैठक सम्पन्न

 


सल्यान, २६ बैशाख ।
सल्यानको कुमाख गाउँपालिकाको सामुदायिक विद्यालयहरूमा प्रारम्भिक कक्षामा सिकाई स्तरमा आधारित शिक्षण विधि सुरु हुने भएको छ । कुमाख गाउँपालिकाको समन्वय street child of nepal को प्राविधिक सहयोग तथा ह्याम्पल फाउन्डेसनको आर्थिक सहयोगमा आसमा नेपालद्वारा ४८ वटा विद्यालयमा सिकाई स्तरमा आधारित शिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ ।

परियोजना परिचयात्मक बैठकमा बोल्दै गाउँपालिकाका कार्यभार अध्यक्ष लालबहादुर रावतले सकारात्मक कार्यको थालनीको लागि गाउँपालिका सदैव तयार रहेको बताउदै अझ त्यसमा पनि शैक्षिक क्षेत्र सुधारको लागि सकारात्मक रहेकोले शैक्षिक क्षेत्र सुधारको लागि तयार रहेको बताउनुभयो । यस्तै प्रमुख प्रसासकिय अधिकृत दिलिप सोनीले शिक्षण शैलीमा बालबालिकाहरूको रुचि क्षमता प्रविधि र समस्यालाई ध्यान दिएर नयाँ तरिकाबाट पठनपाठन गर्नका लागि कार्यक्रम सञ्चालन गर्न लागिरहेको बताउनुभयो ।

सामुदायिक बिधालयहरुमा बिद्यार्थीको रुचि चाहाना अनुरुप शिक्षाण गराइ बिद्यार्थीको शैक्षिक स्तर वृद्धि हुने पुर्ण बिश्वास लिएको वडा नम्बर ६ का वडा अध्यक्ष कर्ण बहादुर बुढाथोकीले बताउनुभयो । साथै शिक्षा शाखा प्रमुख प्रेम केसीले सामुदायिक बिधालयको शैक्षिक अवस्था खस्किदै गायको अवस्थामा बिद्यार्थीको रुच, चाहाना अनुसार शिक्षण गराउदा उनीहरुको शिक्षणमा सुधार हुने हुदा (TarL) बिधिले जहाज बनाउने अपेक्षा लिएको बताउनुभयो ।

यस्तै शैक्षिक क्षेत्रमा सुधारको लागि बिधालय परिवार पुर्ण सहमत रहेको बिधालय प्रअहरुको भनाइ रहेको छ । बैठक ठोस बस्तुको प्रयोग गरि बालबालिका लाई गणितीय र नेपाली भाषामा बालबालिकाहरुलाइ शिक्षण गराउने भएकोले सजिलै मध्यमबाट बालबालिकाले शिक्षाण गर् सक्ने street child कर्णाली प्रदेश संयोजक जय कोइराला बताउनु भयो । साथै आसमान नेपाल कर्णाली प्रदेश कार्यक्रम संयोजक विनोद शर्माले जिल्लाका छत्रेश्वरी गाउपालिका, कपुरकोट गाउपालिका, दार्मा गाउँपालिका र त्रिवेणीमा कार्यक्रम सफलता पुर्बक सम्पन्न भएसंगै कुमाखमा (Tarl)   बिधिबाट बालबालिकालाई खेल्दै सिकाउन सकिने बताउनुभयो ।

कार्यक्रममा विभिन्न सामुदायिक बिधालय प्रअ, बिभिन्न शाखा प्रमुख, वडा अध्यक्षहरु, street child of nepal का कर्मचारी,आसमान नेपालका कर्मचारी लगायतकाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित