सल्यान, ५ जेठ ।
सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मुल नाराका साथ नेकपा एकीकृत समाजवादी बन्गाड कुपिण्डे नगरपालिका सल्यानको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न नगर अधिवेशनले वोध वहादुर यरीको अध्यक्षतामा ४९ सदस्यीय कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा जानकारी वस्नेत, सचिवमा प्रकाश वुढा, उपसचिव ठाकुर चलाउने र कृष्ण पोख्रेल सहित सबै सदस्य सर्वसहमतिमा चयन गरिएको हो । यस्तै सोही भेलाले दिपा पुरीको अध्यक्षतामा २३ सदस्यीय अखिल नेपाल महिला संघ समाजवादीको नगर कमिटी समेत चयन गरिएको छ ।
अधिवेशन उद्घाटन समारोहको अध्यक्षता टोप बहादुर बिष्ट तथा संचालन पठ बहादुर पुनले गर्नु भएको थियोे । कार्यक्रममा जिल्ला कमिटि सदस्य ईश्वरी गौतमले स्वागत मन्तव्य राख्नु भयो । नगर अधिबेशनको उद्घाटन सत्रमा पार्टी केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वाला, जिल्ला कमिटी अध्यक्ष रमेश गौतम, प्रदेश कमिटी सचिवालय सदस्य भोला केसी, प्रदेश कमिटी सदस्य तथा वडाध्यक्ष गणेश बिसी, जिल्ला कमिटि सचिव प्रेम डाँगी, उपसचिव मनबिर बस्नेत, अनेमसंघ समाजवादी जिल्ला अध्यक्ष हिरा चन्द लगायतले बोल्नुभएको थियो ।