यामराज सरको ‘शिक्षक हामी समाजको ऐना हौँ’ बोलको नयाँ गीत सार्वजनिक (भिडियोे सहित)

सल्यान, १८ जेठ ।
देशको गौरवशाली शैक्षिक सम्पदा बोकेको दरबार हाई स्कूलमा छायांकन गरिएको नयाँ गीत ‘शिक्षक हामी समाजको ऐना हौँ’ सार्वजनिक गरिएको छ । शिक्षण पेशालाई समर्पित यो गीत JHARANA SHREE युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतका शब्द सल्यानका यामराज ओलीले लेख्नुभएको हो । स्वर यामराज ओली, जमुना बिस्वकर्मा र झरणा श्री ओलीको रहेको छ भने लय संकलन र निर्देशन चर्चित संगीतकर्मी राजु सापकोटाले गर्नुभएको छ ।

गीतको भिडियोमा चर्चित नायिका रश्मि भट्टसँगै यामराज ओली, झरणा श्री ओली, दरबार हाइस्कुलकी प्रधानाध्यापक शारदा कुमारी पौडेल र सहायक प्रधानाध्यापक पदम बहादुर बटालाको अभिनय देख्न सकिन्छ । शिक्षकको भूमिका र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने गीत ‘शिक्षक हामी समाजको ऐना हौँ’ को रेकर्डिङ मुर्चुङ्गा डिजिटल स्टुडियोमा गरिएको हो । गीत भावनात्मक मात्र नभई सन्देशमूलक पनि रहेको छ, जसले शिक्षण पेशाको महत्वलाई गहिराइसँग उजागर गरेको छ ।

शब्दकार यामराज ओली हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ झुल्खेतमा रहेको श्री बालकल्याण माध्यमिक बिद्यालयमा शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ । उहाँ सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–४, जयचौरका स्थायी बासिन्दा हुनुहुन्छ ।

भिडियोे :

 

प्रतिक्रिया दिनुहोस