जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री

सल्यान, ३० जेठ ।
जन्मदिनको अवसरमा सल्यानको एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको शारदा नगरपालिका-४ साहुटोल निवासी सरिता श्रेष्ठले आफ्नो २५ औं जन्मदिनको अवसरमा शारदा नगरपालिका-३ पौवाबारीमा रहेको खड्गदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो। श्रेष्ठले जन्मदिनमा हुने फजुल खर्चलाई कम गरी शैक्षिक क्षेत्रको सहयोगका लागि आफूले पहिलोपटक जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो।

संरक्षण बचत तथा ऋण सहकारी संस्था लि. मा कार्यरत श्रेष्ठले विद्यालयमा अध्ययनरत ७० भन्दा बढी विद्यार्थीहरूलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गर्नुभएको छ । जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको भन्दै विद्यालय परिवारले श्रेष्ठलाई धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस