वातावरण संरक्षणमा मद्धत गर्न लक्ष्मी सनराइज बैंकद्धारा वृक्षारोपण

सल्यान, ३१ जेठ ।
लक्ष्मी सनराइज बैंक श्रीनगर शाखाले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत शनिवार यस बैँकले जिल्लाको शारदा नगरपालिका १२ को वडा कार्यालय परिसर र सोही वडाको शिव माध्यमिक बिद्यालय परिसरमा बृक्षारोपण गरेको हो । वातावरणीय चेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वासका साथ विभिन्न प्रजातिका करिब एकसय विरुवा रोपिएको लक्ष्मी सनराइज बैंकका श्रीनगर शाखा प्रबन्धक राजकुमार शाहले जानकारी दिनुभयो ।

बृक्षारोपणमा वडा नम्बर १२ का वडाअध्यक्ष सुरेन्द्र बुढामगर, शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर बुढाथोकी, विद्यालयका शिक्षक तथा अभिभावक, बैँकका कर्मचारी लगाएतको सहभागिता रहेको थियो । वडा कार्यालय र बिद्यालय परिवारले यस्तो सकारात्मक कार्यका लागि बैँकलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस