
सल्यान, ९ साउन ।
सल्यानको शारदा नगरपालिका–५, तल्लोमार्केस्थित जनकल्याण आधारभूत विद्यालयमा विद्यार्थीहरूको लेखाइ सुधार गर्ने उद्देश्यले अक्षर लेखन सम्बन्धि तालिम सञ्चालन गरिएको छ । अक्षर लेखाइमा स्पष्टता, सुन्दरता, समानता ल्याउनु र लेखन क्षमता तथा अभिव्यक्तिको सुधार गर्नु हो । साथै, सिकाइमा गुणस्तरीय सुधार गर्दै विद्यार्थीहरूको आत्मविश्वास र प्रस्तुतिको शैलीमा परिवर्तन ल्याउने उद्धेश्य रहेको समेत सहायक प्रधानध्यापक कृष्ण वलीको भनाई छ ।

उद्घाटन कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख शुस्मिता सापकोटा सुनार, शिक्षक, अभिभावक लगायतको सहभागीता रहेको छ । साउन १५ गतेसम्म सञ्चालन हुने तालिम प्रशिक्षकमा धर्मभक्त खड्का रहनुभएको छ ।