सहायक प्रधानाध्यापक वलीद्धारा बृक्षारोपण

सल्यान, १९ साउन ।
सल्यानको शारदा नगरपालिका–५ तल्लोमार्केमा रहेको जनकल्याण आधारभूत बिद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बहादुर वलीले आफ्नो ३९ औँ जन्मदिनको अवसरमा बृक्षारोपण गर्नुभएको छ । आइतवार परेको आफ्नो जन्मदिनको अवसरमा उहाँले बिद्यालय परिसरमा जडिबुटिका करिब ४० बढी विरुवा रोप्नुभएको हो ।

वातावरण पनि हराभरा गराउने र बिद्यालयको आम्दानीको स्रोत पनि बलियो बनाउने हेतुका साथ बोधिचित्त, मलाईगेडी, चिउरी लगाएतका विरुवाहरु रोप्नुभएको हो । उहाँले गतबर्ष जन्मदिनकै अवसरमा रोपेका लिप्टिस लगाएतका विरुवाहरु हुर्केका छन् । शिक्षक, बिद्यार्थी र अभिभावकलाई बृक्षारोपण गर्दै वातावरण संरक्षणमा उत्सुक बनाउन बृक्षारोपण गरेर जन्मदिन मनाएको उहाँको भनाइ छ ।

यस बिद्यालयमा यसैबर्षदेखी छात्रबास सञ्चालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस