
सल्यान, १९ साउन ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज गीतहरू सुन्ने, हेर्ने र रमाउने माहोल सुरु भइसकेको छ । हरेक दिन जसो तिज गीत हरु धमाधम सार्वजनिक हुने क्रम पनि बढ्दो छ । यही अवसरमा लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक भागीरथ चलाउनेको नयाँ तीज गीत ‘डि बाट दिल चोरेउ बरिलै’ सार्वजनिक भएको छ । सधैं मौलिकता र पृथक शैलीमा गीतसंगीत प्रस्तुत गर्ने चलाउनेले यस गीतमा पनि माया प्रेमको भावनालाई उत्कृष्ट ढंगले प्रस्तुत गर्नुभएको छ ।
गीतमा भागीरथ चलाउने र गायिका दिपिका बयाम्बुको सुमधुर स्वर समावेश छ भने शब्द, लय र सिर्जना पनि चलाउने स्वयंले गर्नुभएकोछ । लोकसंगीत प्रेमीहरू माझ भागीरथ चलाउनेका तीज गीतहरू सधैं लोकप्रिय हुने गर्छन । अघिल्ला वर्षहरूमा सार्वजनिक भएका गीत मध्ये सबैभन्दा धेरै रुचाइएको गितमा ’झम झम झम्काना’ सबैभन्दा चर्चित तिज गीत हो । जुन गीतलाई ३ करोडभन्दा बढी दर्शकले हेरिसकेका छन, थोपडाले धोका दियो बरिलै, मायाले त होला, मलाई एउटा सिफारिस मिलाईदेउ, गुलेलिले जुरेलिलाई जस्ता गीतहरू पनि निकै चर्चित छन् ।
गीतसंगीतको निरन्तरताकै क्रममा चलाउनेले यो वर्षको तिज गीत ‘डि बाट दिल चोरेउ बरिलै’ बजारमा ल्याउनुभएको छ । सार्वजनिक भएको छोटो समयमा नै गीतले दर्शक श्रोताको मन जित्न सफल भएको छ । गीतको म्युजिक भिडियोमा भागीरथ चलाउनेसँगै जुना विश्वकर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ भने म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी चर्चित निर्देशक विक्रम चौहानले गर्नुभएको हो ।
गायक चलाउनेका अनुसार, हरेक वर्ष फ्यानहरूले तीजको अवसरमा नयाँ सिर्जनाको अपेक्षा गर्ने भएकाले यस वर्ष पनि नयाँ गीत सार्वजनिक गरिएको बताउनुभयो । गीत हालसालै भागीरथ चलाउनेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियोः