एमएम कप क्रिकेटमा ज्योतिपुञ्ज, बालकन्या र शिवजन विजयी : बर्षातले आजका खेल अन्यौलमा

आज हुने भनिएका तीन खेल अन्यौलमा परेका छन् । पहिलो खेल समुह बि मा रहेका मित्र प्याराडाइज बोर्डिङ स्कुल श्रीनगर र त्रिभुवन जन माध्यमिक बिद्यालय लुहापिङ, दोस्रो खेल समुह ए मा रहेका एमएम एकेडेमी खलंगा र निराजन माध्यमिक बिद्यालय ढोरचौर तथा तेस्रो खेल समुह बि मा रहेका ब्राइट रोज ल्याण्ड बोर्डिङ स्कुल थारमारे र बालकन्या माध्यमिक बिद्यालय टाट्केका विचमा तय भएको थियो । तर गएराति देखी परेको निरन्तरको बर्षातका आज हुने भनिएका खेल के हुने भन्ने बारेमा अन्यौलता थपेको छ ।


सल्यान, १३ भदौ ।
सल्यानमा सञ्चालित एमएम कप क्रिकेट प्रतियोगितामा बिहीबार तीन खेल भएका छन् । ती खेलमा विजयी भएका ज्योति पुञ्ज एकेडेमी साहुटोल, बालकन्या माध्यमिक बिद्यालय टाट्के र शिवजन माध्यमिक बिद्यालय शितलपाटी अर्को चरणमा प्रवेश गरेका छन् । तर ब्राइट पर्ल एकेडेमी श्रीनगर, महेन्द्र रत्न माध्यमिक बिद्यालय पिपलनेटा र त्रिभुवन जन माध्यमिक बिद्यालय च्युरा पराजित हुदैँ घर फर्किएका छन् ।

पहिलो खेलमा ब्राइट पर्ल एकेडेमी श्रीनगरलाई ७७ रनले हराउँदै ज्योति पुञ्ज एकेडेमी साहुटोल विजयी भएको छ । मौसमका कारण १२ ओभरमा झारिएको खेलमा ज्योति पुञ्जले ब्राइट पर्ल सामु विशाल लक्ष्य प्रस्तुत गरेको थियो । सुरुमा ब्याटिङ गरेको ज्योति पुञ्जले निर्धारित १२ ओभरमा ५ विकेट गुमाएर १२९ रन वनायो । ज्योति पुञ्जका लागि योगेश केसीले १९ वलमा नटआउट ३० रन बनाउँदा सरोज भडेँलले २१ तथा प्रिन्स सेनवालले १७ रन जोड्नुभयो । ब्राइट पर्लका लागि पुर्ण सुनारले २ तथा रेशम बुढा र सुदिप शाहले १/१ विकेट लिनुभयो ।

१३० रनको विजयी लक्ष्य पछ्याएको ब्राइट पर्लले निर्धारित १२ ओभर नै खेलेपनि लक्ष्य चेयर्स गर्न सकेन् । ब्राइट पर्लका लागि रेशम बुढाले १५ तथा सनिर बस्नेतले १४ रन जोडेपनि अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न नसक्दा जीतका लागि पर्याप्त हुन सकेन् । ब्राइट पर्ललाई सस्तैमा समेट्ने क्रममा ज्योति पुञ्जका कृष्ण बस्नेत र अनिल बस्नेतले समान २/२ तथा आयुष केसीले १ विकेट लिनुभयो । ब्याटिङ र बलिङ दुबैमा राम्रो प्रर्दशन गरेका ज्योति पुञ्जका अनिल बस्नेत प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यस्तै दोस्रो खेलमा महेन्द्र रत्न माध्यमिक बिद्यालय पिपलनेटालाई ७ रनले हराउँदै बालकन्या माध्यमिक बिद्यालय टाट्के विजयी भएको छ । पहिले ब्याटिङ गरेको बालकन्याले निर्धारित १५ ओभरमा ११ दशमलव ४ ओभर खेल्दै ७५ रनमा समेटियो । बालकन्याका लागि भरत वलीले ८ वलमा ११ रन तथा मदन भण्डारीले १२ वलमा ११ रन जोडेपनि अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । महेन्द्र रत्नका लागि प्रमेश भण्डारीले ३ तथा बिष्णु भण्डारी र सागर बस्नेतले समान २/२ ले विकेट लिनुभयो ।

७६ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्र रत्न ६९ रनमै अल आउट भयो । महेन्द्र रत्नका लागि सुजल वलीले नटआउट १३ जोड्नुभयो । यस्तै सागर बस्नेतले ११ तथा सुवाश बस्नेतले १० रन जोडेपनि जितका लागि पर्याप्त भएन् । बालकन्यालाई जीत दिलाउन टिम क्याप्टेन देवराज वलीले किफायती बलिङ गर्नुभयो । २ ओभरमा १४ रन खर्चिएका उहाँले एक्लै ५ विकेट लिनुभयो । यस्तै तुफान डाँगीले २ तथा अरुण चन्दले १ विकेट लिनुभयो । यस खेलमा बालकल्याणका देवराज वली प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यस्तै बिहीबार नै भएको अन्तिम खेलमा त्रिभुवन जन माध्यमिक बिद्यालय च्युरालाई १३ रनले पराजित गर्दै शिवजन माध्यमिक बिद्यालय शितलपाटी विजयी भएको छ । च्युराले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको शिवजनले १२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनायो । शिवजनका लागि रमित परियारले १५ बलमा ३१ रन जोड्दा प्रमल डंगौराले १२ बलमा नटआउट १४ रन जोड्नुभयो । च्युराका लागि मिलन बिक, रेशम बोहरा र दिलिप नेपालीले समान २/२ विकेट लिनुभयो ।

९७ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ गरेको च्युरा १० ओभरमा सबै विकेट गुमाएर ८३ रनमा समेटियो । च्युुराका लागि दिलिप नेपालीले ७ बलमा २० रन तथा दिपक बुढाले २० र बिशाल नकालले १७ रन जोडेपनि अरु ब्याट्सम्यान चल्न सकेनन् । शिवजनका लागि प्रमल डंगौरा र सुदिप खड्काले ३/३ तथा सन्तोष यरीले १ विकेट लिनुभयो । बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रर्दशन गरेका शिवजनका प्रमल डंगौरा प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यसैविच शुक्रवार हुने भनिएका तीन खेल अन्यौलमा परेका छन् । पहिलो खेल समुह बि मा रहेका मित्र प्याराडाइज बोर्डिङ स्कुल श्रीनगर र त्रिभुवन जन माध्यमिक बिद्यालय लुहापिङ, दोस्रो खेल समुह ए मा रहेका एमएम एकेडेमी खलंगा र निराजन माध्यमिक बिद्यालय ढोरचौर तथा तेस्रो खेल समुह बि मा रहेका ब्राइट रोज ल्याण्ड बोर्डिङ स्कुल थारमारे र बालकन्या माध्यमिक बिद्यालय टाट्केका विचमा तय भएको थियो । तर गएराति देखी परेको निरन्तरको बर्षातका आज हुने भनिएका खेल के हुने भन्ने बारेमा अन्यौलता थपेको छ ।

एमएम एकेडेमी खलंगाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिता त्रिभुवन जन माध्यमिक बिद्यालयको प्रांगण लुहापिङमा सञ्चालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस