निजामती सेवा दिवसका अवसरमा सल्यानमा रचनात्मक कार्यक्रम

 

सल्यान, २२ भदौ ।
निजामती सेवा दिवसका अवसरमा सल्यानमा रचनात्मक कार्यक्रम गरेर मनाइएको छ । सल्यानमा जिल्ला प्रशासन कार्यालय मुल समारोह समितिको आयोजनामा र कर्मचारी मिलन केन्द्रको समन्वयमा निजामती कर्मचारीहरूले ३ दिन सम्म व्याडमिन्टन, खुला तथा कर्मचारीका विचमा कविता प्रतियोगीता सहित विभिन्न कार्यक्रम गरेर मनाइएको हो । यसैक्रममा आज विहान खलंगामा प्रभातफेरी निकालिएको छ ।

प्रभातफेरी पछि पुरानो बसपार्कमा आयोजित औपचारिक कार्यक्रममा विभिन्न वक्ताहरूले निजामती कर्मचारीहरूलाई अझ सेवा–मुखी, उत्तरदायी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले निजामती कर्मचारी जनताको प्रत्यक्ष सरोकारका सेवामा खटिनुपर्ने बताउदै व्यावसायिकता, इमान्दारी र निष्पक्षता नै सुशासनको आधार भएको धारणा राख्नुभयो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष धिरेन्द्र भण्डारीले जनताको सेवामा समर्पित भएर काम गर्ने हो भने निजामती सेवा मात्रै होइन, सम्पूर्ण प्रशासनिक प्रणालीप्रति विश्वास बढ्ने बताउनुभयो । दिवसका अवसरमा श्रीनगरमा शुक्रबारबाट भएको व्याडमिन्टन प्रतियोगीतामा महेन्द्र केसी र मनोज सिंहको जोडी प्रथम, गणेश डाँगी र प्रदिप चन्दको जोडी द्वितिय बनेको छ । विजेटा जोडीलाई सम्मान पत्र तथा नगत सहित पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै शनिबार जिल्ला प्रशासनमा भएको कविता प्रतियोगितामा आन्तरिक तर्फ अनिता साँखु प्रथम, हरिश्चन्द्र शर्मा दिृतिय र कृष्ण बुढाथोकी तृतिय तथा खुला तर्फ गिता वली प्रथम, महेन्द्र बस्नेत द्वितिय र इन्द्र भण्डारी तृतिय बन्नुभएको छ । यस्तै सरसफाई तथा हरियाली प्रवद्र्धनको तर्फ उत्कृष्ठ कार्यालयको रुपमा खानेपानी, सिंचाई तथा ऊर्जा विकास कार्यालय सल्यान पुरस्कृत भएको छ ।

प्रतिक्रिया दिनुहोस