सल्यान जिल्लाभर कफ्र्यू आदेश जारी, जनजीवन प्रभावित हुने सम्भावना

File Photo

सल्यान, २५ भदौ ।
जेनजीको नाममा विभिन्न समूहहरूले सार्वजनिक संरचनामा क्षति पु¥याउने खतरा बढेपछि सल्यान जिल्ला प्रशासन कार्यालयले जिल्लाभरमा नै कफ्र्यू आदेश जारी गरेको छ । सुरक्षा संवेदनशीलता र सम्भावित हिंसात्मक गतिविधिहरूलाई रोक्न कफ्र्यू लगाइएको प्रशासनले जनाएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीद्वारा हस्ताक्षरित कफ्र्यू आदेशमा उल्लेख भएअनुसार, कफ्र्यू आदेश आज बेलुका ५ बजेदेखि लागू भई भोली २६ गते बिहान ६ बजेसम्म कायम रहनेछ । आदेश लागू हुने क्षेत्र सम्पूर्ण सल्यान जिल्ला हुनेछ ।

प्रशासनले जनसम्पत्ति र सार्वजनिक संरचनाको सुरक्षालाई ध्यानमा राख्दै शान्ति सुरक्षाको अवस्था कायम राख्न कफ्र्यू आदेश जारी गरिएको जनाएको छ । आदेशको अवधीभर सुरक्षा निकायहरू, विशेष गरी जिल्ला स्थित सुरक्षा निकायहरू तथा संयुक्त सुरक्षा कमाण्ड पोष्ट मार्फत सुरक्षा अवस्थाको निगरानी, समन्वय, सहयोग तथा अनुमगन हुने जनाइएको छ । यस निर्णयसँगै जिल्लाभित्र सबै प्रकारका जमघट, सभा, जुलुस तथा आवतजावतमा पूर्ण रोक लगाइएको छ । कफ्र्यूको पालना नगर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस