
सल्यान, ३ मंसिर ।
सल्यान उद्योग वाणिज्य संघ सल्यानले दीर्घरोगी व्यापारीलाई आर्थिक सहयोग गरेको छ । विगत लामो समय देखी दीर्घरोगका कारण पीडित वनेका जिल्लाको शारदा नगरपालिका वडा नम्बर १५ घरभई हाल मोखला बजारमा बस्ने केशर वली र कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिम बजारका शिवराज कामीलाइ सहयोग रकम हस्तान्तरण गरिएको हो । रोगका कारण पीडित व्यापारीको उपचारमा सहजताको लागि प्रती व्यक्ति २५/२५ हजार रुपैँयाका दरले रकम हस्तान्तरण गरिएको हो ।

मोखला बजारमा वली स्टोर सञ्चालन गर्दै आउनु भएका केशर र चम्फा किराना पसल सञ्चालन गर्दै आउनुभएका शिवराजलाई सहयोग गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्ष राजेन्द्र भण्डारी, उद्योग उपाध्यक्ष पलविर नेपाली, महासचिव मोहन सारु लगाएतको सहभागिता रहेको थियो । यस संघले विगत देखी नै सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको छ ।