चार जिप प्रहरी नियन्त्रणमा

सल्यानमा वैधानिकता विपरित सञ्चालनमा रहेका चार वटा जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न ग्रामिण रुढहरुमा सञ्चालन भएका जिपहरुको बिलबुकमा भएको नम्बर र जिपको च्यासिस नंम्बर तथा इन्जिन नम्बरमा फरकपन देखिएपछि नियन्त्रणमा लिए अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार ती सबै जिप जिल्लाको प्रमुख ब्यापारिक केन्द्र श्रीनगरबाट नियन्त्रणमा लिइएको हो ।

सल्यान, ४ मंसिर ।

सल्यानमा वैधानिकता विपरित सञ्चालनमा रहेका चार वटा जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न ग्रामिण रुढहरुमा सञ्चालन भएका जिपहरुको बिलबुकमा भएको नम्बर र जिपको च्यासिस नंम्बर तथा इन्जिन नम्बरमा फरकपन देखिएपछि नियन्त्रणमा लिए अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार ती सबै जिप जिल्लाको प्रमुख ब्यापारिक केन्द्र श्रीनगरबाट नियन्त्रणमा लिइएको हो ।

सल्यान प्रहरीले जिल्ला भित्र अवैधानिक रुपमा सञ्चालन भैरहेका ४ वटा साना जिप नियन्त्रणमा लिएको छ । भित्री सडकहरुमा सञ्चालन हुँदै आएका जिपमा नम्बर प्लेट, इन्जिन नम्बर र च्यासिस नम्बर बिलबुकमा उल्लेखित विवरणसँग नमिलेपछि प्रहरीले विभिन्न मितिमा ती जिप नियन्त्रणमा लिएको हो । बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले जिल्लाका भित्री सडकहरुमा शंकास्पद रुपमा अबैध तरिकाले जिपहरु चलिरहेको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिएको जनाएको छ ।

जसमा भे १ ज १२१४ नम्बरको हुलास मुस्ताङ जिप, मे १ ज १९१२ नम्बरको हुलास सफारी सोफार जिप, रा १ ज ५१० नम्बरको महेन्द्र सफारी जिप र भे १ ज ७३५ नम्बरको टाटा सुमो गोल्ड जिप प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक पुर्ण केसीले जानकारी दिनुभयो । चेकजाँचका क्रममा केही जिपमा इन्जिन र च्यासिस नम्बर डिलिट गरिएको, केहीमा नम्बर प्लेटमा अंक मिलान नभएको, केहीमा बिलबुकमा भएको नम्बर र जिपमा भेटिएको नम्बर पूर्ण रूपमा फरक रहेको भेटिएको उहाँको भनाइ छ ।

‘नियन्त्रणमा लिइएका जिपमा शंका गर्ने थुप्रै ठाउँ छन्, एउटै जिपको बिलबुकमा भएको च्यासिस र इन्जिन नम्बरसँग जिपमा भएको नम्बर मिल्दैन्, यो सरासर अबैधानिक हो, चेकिङको क्रममा जिपको बिलबुक मात्रै हेरिन्थ्यो, जिपकै च्यासिस र इन्जिन नम्बर हेरिएकै थिएन्, शंकास्पद र गोप्यसूचनाका आधारमा यी जिप नियन्त्रण गर्न सकेका छौँ, यी जिपको अवस्था हेर्दा दश बर्षअघि देखी नै सञ्चालनमा रहेको अनुमान गर्न सकिन्छ’ उहाँले भन्नुभयो ‘यी जिपहरु अवैध रूपमा भित्र्याइएका वा चोरी भएका वा नम्बर साटफेर गरेर चलाइएका हुनसक्छन् ।’

नियन्त्रणमा लिएका सबै जिपलाई राजश्व अनुसन्धान कार्यालय, कोहलपुर पठाउने तयारी गरिएको छ । नम्बर हेरफेर, चोरी वा अवैध रुपमा ल्याइएको भए नभएको विषयमा त्यहाँको कार्यालय मार्फत थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर केसीले जिल्लामा अन्य सवारीसाधनहरु पनि अवैध रुपमा चलिरहेको हुन सक्ने भएकाले कडाइका साथ चेकजाँच भैरहेको बताउनुभयो ।

‘अबैध रुपमा सञ्चालन भएको सवारी दुर्घटना भएमा वा अन्य कुनै समस्या देखिएमा यात्रु, सवारी धनी, प्रहरी, बिमा कम्पनी सबैले सास्ती पाउनुपर्ने हुन्छ, त्यसलै अबैधानिक रुपमा सञ्चालनमा रहेका सबै सवारीसाधनलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाउने गरी काम गरिरहेका छौँ’ उहाँले भन्नुभयो । दुई दिनमा चार वटा जिप नियन्त्रणमा लिएपनि अहिलेसम्म सवारीधनी कुनैपनि ती जिपको लागि प्रहरी कार्यालयमा नआएको उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस