नेपाल विद्युत प्राधिकरणद्धारा सल्यानको खलंगा सितलपाटी खानेपानी संस्था सम्मानित

सल्यान, २१ पुस ।
सल्यानको खलंगामा सञ्चालित खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सम्मानित भएको छ । नेपाल बिद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको कार्यसम्पादन मुल्यांकनमा आर्थिक बर्ष २०८१ मा प्रादेशिक कार्यालय अन्तर्गतका उत्कृष्ट उद्योग तथा उपभोक्ता संस्थाहरुलाई सम्मान कार्यक्रममा सल्यानको खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था उत्कृष्ट १० अन्र्तगत दोस्रो नम्बरमा रहेर सम्मानित भएको हो ।

सुर्खेतमा आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठ र प्रादेशिक प्रमुख शशिभुषण साहले संयुक्त रुपमा सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । सम्मानपत्र ग्रहण समारोहमा खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष केशब बुढाथोकी, उपाध्यक्ष मौसमदास श्रेष्ठ र सचिव सुधन श्रेष्ठ सहभागि हुनुभएको थियो ।

यससँगै गुनाङडोङ युनटाइन रमा जेभी क्रसर (सुर्खेत), शुभघाट सहरी खानेपानी (सुर्खेत), विजयी श्री चौरजहारी सुक्खा खानेपानी तथा सरसफाइ (रुकुमपश्चिम), वीरेन्द्रनगर औद्योगिक क्षेत्र (सुर्खेत), शंखमुल ग्रामीण विद्युत लुहाम बजार (सल्यान), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला), सिद्धार्थ सन्नी रिसोर्ट (सुर्खेत) र शुभघाट सरकारी खानेपानी (सुर्खेत) पनि सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस