जागृतको स्थापना दिवसमा खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण

सल्यान, १७ माघ ।

सल्यानको शारदा नगरपालिका ४ साहुटोलमा रहेको जागृत वचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । आज ३० औँ स्थापना दिवसको अवसर पारेर शारदा नगरपालिका ५ तल्लोमार्केमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले यस बिद्यालयमा सञ्चालित छात्रवासमा रहेका साहारा बिहिन ३५ जना बालबालिकाको लागि विभिन्न सामाग्री हस्तान्तरण गरिएको जनाएको छ ।

संस्थाका अध्यक्ष ज्ञान प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव कल्पना सेजवालले गर्नुभएको थियो । खाद्यान्न सहितको शैक्षिक सामाग्री उपलब्ध गराएको भन्दै विद्यालयले सहकारी संस्थालाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस