सिकाइ आपुरन तथा द्रुत सिकाइ योजना कार्यान्वयन सम्बन्धि अभिमुखिकरन

सल्यान ।

आधारभुत तहका शिक्षाकको लागि सिकाइ आपुरन तथा द्रुत सिकाइ योजना कार्यान्वयन सम्बन्धि अभिमुखिकरन सम्पन्न भएको छ । कुमाख गाउँपालिकाको कार्यलय रगेचौर, शिक्षा युवा तथा खेलकुद शाखा रागेचौर सल्यन्को आयोजना तथा street child of nepal को प्राबिधिक सहयोग र आसमान नेपालको समन्वयमा पालिका भित्रका ४७ वटा बिधालयला शिक्षकको सहभागीतामा दुई दिने अभिमुखिकरन सम्पन्न भएको हो । विशेष गरि कक्षा ३-७ सम्मका बालबालिकामा विभिन्न कारणले सिकाइ उपलब्धि नभएको अवस्थामा गणित र नेपाली विषयलाई प्राथमिकता राखेर उनीहरुको स्तर मापन गरिने र ४५ दिनको शिक्षण पछी पुन मापन गरिने हुनाले यो विधि अति महत्त्वपूर्ण रहेको सहभागीहरुले बताएका छन ।

उक्त समापन कार्यक्रम बालबालिकामा विभिन्न कारणले पढाईमा क्षति भएको अवस्था यश सिकाइ आपुरन तथा द्रुत सिकाइ योजनाले महत्त्वपूर्ण भुमिका खेल्ने गाउपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लाल बहादुर रावतले बताउनुहु भयो । बरिष्ठ अधिकृत प्रेम लाल केसिले पालिकाले शैक्षिक सुधारको लागी पालिका तयार रहेको र सिकाइ आपुरन बिधिले कुमाख गाउँपालिकामा केहि शैक्षिक सुधार हुने अपेक्षा लियको र यश बिधि प्रभावकारी हुनेमा आफू बिस्वस्थ रहेको बताउनुभयो । यस्तै कार्यक्रम सहज बनाउने ।

Street Child of nepal को तर्फबाट जया कोइराला र प्रतिमा परियार र आसमान नेपालको तर्फबाट बिनोद शर्मा ,दुर्गा गाहा लगायतले सिकाइ आपुरन तथा द्रुत सिकाइ योजना कार्यान्वयन सम्बन्धि अभिमुखिकरन दिनुभएको थियो । भने उक्त समापन कार्यक्रमको सन्चालन शिक्षा शाखा  अधिकृत दिपक कुमार चन्दले गर्नु भएको थियो र कार्यक्रममा विभिन्न वडा अध्यक्षहर,आसमान नेपाल कुमाख गाउँपालिकामा आवद्ध कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस