सल्यानमा तारा चुनाव चिन्हबाहक उम्मेदवारको चुनावी प्रचार तीव्र

सल्यान, २५ माघ ।
सल्यानमा तारा चुनाव चिन्हबाहक उम्मेदवारको चुनावी अभियान तीव्र बन्दै गएको छ । फागुन २१ को चुनाव नजिकिँदै जाँदा गाउँ–गाउँमा गरिएको जनभेटघाटले स्थानीय मतदातामाझ सकारात्मक सन्देश फैलिएको छ । चुनावी अभियानको क्रममा नेपाली कम्युनिष्ट पार्टीका सल्यानका प्रत्यक्ष उम्मेदवार रमेश मल्ल तथा समानुपातिक उम्मेदवार शारदा परियारले कपुरकोट गाउँपालिका वडा नं. ६ सिनबाङमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ ।

सिनबाङका विभिन्न गाउँ तथा टोलमा पुगेर उम्मेदवारद्वयले स्थानीय जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिनुका साथै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको छ । स्थानीयवासीहरूसँग भएको भेटघाट उत्साहजनक रहेको अभियान टोलीले जनाएको छ । जनताको उल्लेखनीय सहभागिता र समर्थनले तारा चुनाव चिन्हबाहक उम्मेदवारप्रति विश्वास बढ्दै गएको छ ।

आजै उम्मेदवारद्वय कपुरकोट गाउँपालिका वडा नं. १, २ र ५ मा पुगेर जनभेटघाट तथा चुनावी प्रचार गर्ने कार्यक्रम रहेको छ । गाउँ–गाउँमा गरिएको प्रत्यक्ष सम्पर्क अभियानले चुनावी माहोल थप सक्रिय बन्दै गएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस